साहित्य

विष्णुप्रसाद शर्माकाे अनुसन्धानमूलक कृति “कर्णालीमा प्रचलित दर्शन–परम्परा” प्रकाशित

0

नियात्रा विधाका सशक्त हस्ताक्षर विष्णुप्रसाद शर्मा पराजुलीकाे नयाँ पुस्तक कर्णालीमा प्रचलित दर्शन–परम्परा प्रकाशित भएकाे छ  । नेपाल प्रज्ञा प्रतिष्ठानले दर्शन सम्बन्धी पाँच अध्याय बिभाजित भएकाे साे पुस्तक प्रकाशित  गरेको हाे ।

पुस्तककाे पहिलो अध्यायको जगत्को उत्पत्ति र मानव सभ्यताको विकास अन्तरगत ब्रह्माण्ड, पृथ्वी र प्राणीको उत्पत्ति, मानव सभ्यताको विकास र बसोबास तथा नेपालको सामान्य चिनारी रहेका छन् । दोस्रो अध्याय नेपाली दर्शनको आधारमा दर्शनको आधार र परिचय तथा वेद र उपनिषद्मा हिमाली उपमहादेशको दर्शनको परिचय दिइएको छ । अध्याय तीनको कर्णालीको चिनारी अन्तरगत कर्णली परिचय, मानव सभ्यता, कर्णालीमा दर्शन परम्परा, संस्कृति र मष्टो कुलायन परम्परा समावेश छन् ।

चौथो अध्यायमा कर्णालीमा प्रचलित दर्शन–परम्परामा लोकायत, बोन, शाक्त, शैव, वैष्णव, साङ्ख्य, बौद्ध, मीमांसा र ब्रह्म दर्शनबारे चर्चा गर्दै कर्णालीमा ती दर्शनको अवस्थाबारे जानकारी दिइएको छ ।
अन्तिम अध्यायमा नेपालमा प्रचलनमा रहेका जैन, वैशेषिक, न्याय र योग दर्शन बारे चर्चा गरिएको छ । सरल भाषामा मानव सहित दर्शनको विकाससम्मको चर्चा गरिएको हुनाले दर्शनबारे सामान्य जिज्ञासा राख्न चाहने पाठक तथा विद्यार्थीको लागि पुस्तक अत्यन्त उपयोगी छ । त्यसको अलवा नेपाली र हिन्दीमा लेखिएका ६७ पुस्तक तथा वअङ्ग्रेजी भाषामा लेखिएका १६ पुस्तकका साथै विद्युतीय माध्यममा रहेको सन्दर्भ राखिएको हुनाले कृति अनुसन्धानमूलक बनेको छ ।

 

 

२४ लाख बिरुवा काटिनबाट जाेगियाे, वातावरण पर्यावरणका लागि ठूलाे विषय

Previous article

घान्द्रुुकका पार्श्र्वचित्रहरू

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *