राष्ट्रिय

कफी स्वास्थ्यबर्द्धक पेय

0

विश्वमा पानी र चियापछि सबैभन्दा बढी सेवन गर्ने कफी नै हो । नेपालमा पनि केही वर्षयता यसको चलन बढेको छ । पछिल्लो समय प्रायः सबैको घरमा कफी सेवन गर्ने गरेको पाइन्छ । कफी स्वास्थ्यबर्द्धक हुन्छ । कफीमा पाइने ‘एन्टिफाइब्रोटिक’ तत्वले लिभरसम्बन्धी रोगलाई निको पार्न सघाउने एक अध्ययनले देखाएको छ । त्यस्तै, कफीमा अत्यधिक मात्रामा काह्वेल र काफेस्तेरोल गरी दुई तत्व भएकाले लिभर रोग निको हुन मद्दत पुर्‍याउने गरेको हो । कफीको प्रयोगले शरीरमा इन्जाइमको मात्रा कम हुन्छ । लिभरमा अत्यधिक मात्रामा इन्जाइम भए यसले संक्रमण हुने वा खराब हुने सम्भावना बढी हुन्छ । बजारमा पाइने विभिन्न कफीमा शक्तिको क्यालोरी फरक–फरक हुन्छ ।  एस्प्रेस्सो कफीमा २० क्यालोरी हुन्छ ।

कफी सेवनबाट फाइदा

– कफीले पेटको बोसो घटाउनुका साथै तौल नियन्त्रण गर्न पनि सहयोग पुर्‍याउँछ । कफीमा भएको ‘एन्टिअक्सिडेनट’ ले मानसिक तनाव कम गर्छ । यसले तनाव कम गर्ने ‘फ्रि–रेडिकल्स’लाई नाश गर्छ ।कफी सेवनले आयु बढ्ने कुरा अनुसन्धानहरूले देखाएका छन् । दैनिक १ वा २ कप कफी सेवनले महिला १२ प्रतिशत र पुरुष १६ प्रतिशत कम उमेरमा मृत्यु हुने सम्भावनालाई कम गर्छ ।

कफी सेवनले अल्जाइमरस्, पार्किन्सन, मानसिक तनावलगायतका रोगको जोखिम २० देखि ५३ प्रतिशतसम्म कम हुन्छ । शरीरमा शक्तिको संरचना वृद्धि गरी अल्छीपन हटाउँछ ।  कफीमा भएको क्याफिनले फ्याट बर्निङलाई उत्तेजित गराई ३ देखि ११ प्रतिशत मेटाबोलिक रेट बढाउन मद्दत गर्नुका साथै तौल नियन्त्रणमा सहयोग गर्छ । फ्याटी लिभर भएका र मद्यपान नगर्ने व्यक्तिले दैनिक दुई कप कालो (फिका) कफी सेवन गर्दा फाइदा हुन्छ ।

 

कफीका बेफाइदाहरू

३ देखि ५ कपभन्दा बढी कफी सेवन गर्दा मुटु रोगीलाई समस्या हुनसक्छ ।  बढी मात्रामा कफी सेवन गर्दा मस्तिष्कसँग सम्बन्धित समस्या हुन सक्छ । पखाला लाग्ने, दिसा पातलो हुने, खुलेर दिसानहुने, अपच हुने र पेटमा समस्या भइरहने हुनसक्छ । कोलाजिन उत्पादनमा कमी हुने, छाला, शरीर, नङ आदिमा नराम्रो प्रभाव पर्न सक्छ ।

गर्भवतीले बढी कफीको सेवन गरे गर्भपतन हुन सक्छ । दमका रोगी र एन्टिबायोटिक वा एन्टिडिप्रेसनको औषधि सेवन गरिरहेकाहरूलाई कफी सेवनले समस्या हुन सक्छ । पेटको समस्या वा छाती पोल्ने व्यक्तिले खाली पेटमा कफी सेवन गर्दा हानि हुनसक्छ ।

 

कफी पिउने समय

कफी बिहान करिब ९ देखि ९ : ३० को समयमापिउँदा उचित हुन्छ । खाना खानेबित्तिकै कफी पिउनु स्वास्थ्यका लागि ठीक होइन । राति कफीको सेवन गरे निद्रा नलाग्ने, छटपटी हुने, मुटुको चाल बढ्ने आदि लक्षणहरू देखा पर्न सक्छन् ।

 

स्थानीय संस्कृति, संस्कार र परम्परा संरक्षणमात्र हैन विस्तार एवम् प्रचारकाे प्रतीक्षामा

Previous article

जडिबुटी तथा फलफूल खेती तथा प्रशाेधन उद्यमीलाइ सस्ताे ब्याजदरमा ऋण

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *