स्थानीय

बुढानिलकण्ठका कमरेड जनप्रतिनिधिकाे पहिलाे प्राथमिकता “बाल्काेट बा” ! जित्ने बित्तिकै आशीर्वाद लिन पुगे ।

0

बुढानिलकण्ठकाे राजनीति तरङ्ग ल्याइरहने खालकाे हुनेगर्छ । याे बुढानिलकण्ठकाे खासियत हाे । बुढानिलकण्ठमा पनि कपन त ढुङ्गामाटाेले पनि राजनीति गर्ने भनेर चिनिने ठाउँ भएकाले झनै तरङ्गपूर्ण राजनीतिकाे यसकाे नसानसामा छ । यसपाला स्थानीय चुनावमा मिठाराम अधिकारी कपनबाट प्रतिनिधित्व गर्दै बुढानिलकण्ठकाे मेयर भएका छन् । अब झन् तरङ्ग ल्याउने काम कुरा त हुनै पर्याे ।

जनप्रतिनिधिकाे सपथ खाएकाे तेस्राे दिन आइतवार विदाकाे दिन पारेर मेयर मिठाराम आफ्ना पार्टीका सहयाेद्धा कमरेड जनप्रतिनिधि बाेकेर बाल्काेट पुगे । बाल्काेटकै आशीर्वादले टिकट पाएकाे भन्ने मनाेवृत्तिमय अधिकारी तथा उनका जनप्रतिनिधि कमरेडले पहिलाे आशीर्वाद बाल्काेट पुगेर केपि बा सँग लिने मनशुवा गरे । याे मनसुवा बाल्काेटे कुनै अरू ठेकेदारबाट प्राप्त भएकाे सुझाव तथा सेटिङ अनुसार भएकाे पनि हुन सक्छ । जे हाेस् खुसीयाली रामरमाइलाे गर्दै कमरेड जनप्रतिनिधिहरूले पहिलाे आशीर्वाद केपि बासँग लिएका छन् ।

जनप्रतिनिधि एकाएक बाल्काेट पुगेकाे फाेटाहरू जनप्रतिनिधिले नै सामाजिक सन्जालमा सगाैरव पाेस्ट गर्ने थालेपछि बाल्काेटे आशीर्वाद विषय विवादित भएकाे छ । चुनाव जिताउन खटिएका सहकर्मीदेखि कतिपय चुनावमा खटिएका मिडियाले अधिकारी तथा उनकाे कमरेड टिमकाे खिल्ली उडाएका छन् । चुनाव माेर्चामा कमान्डरकाे भूमिका निर्वाह गरेका रविन्द्र थापा आफ्नाे सन्जालमा बुढानिलकण्ठ एमालेप्रति बेखुशी दर्शाउँदै लेख्छन् आज बुडानीलकन्ठ को निर्बाचीत टीम बालकोटमा देखीयो । नीर्बाचीत गराऊने कमान्डर कमीटी कोहीपनी देखीयन (तस्बीरमा ) यसको सन्देश के ? के यो स्वभाबीक हो ?

(फाेटाेः उपमेयर अनिता लामाले सगाैरवरूपमा आफ्नाे सामाजिक सन्जालमा पाेस्ट गरेकाे कलेक्सनबाट)

 

उपत्यकाका २१ पालिकामध्ये काँग्रेसलाइ १३ एमालेलाइ ५ पालिका

Previous article

करूणा हस्पिटलकाे गम्भीर प्रकृतिकाे लापर्वाहीका कारण विरामीकाे मृत्यू, स्थानीय आक्राेशित

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *