स्थानीय

उपत्यकाका २१ पालिकामध्ये काँग्रेसलाइ १३ एमालेलाइ ५ पालिका

0

०७४ सालदेखि ०७९ सालसम्म आइपुग्दा उपत्यकामा एमालेले आफ्नाे साख बिगार्याे भने काँग्रेसले उत्साहजनकरूपमा स्थापित गरेकाे पाइएकाे छ । उपत्यकाका २१ पालिकामध्ये काँग्रेसले १२ जितिसकेकेा छ भने ललिपुर महानगरपालिका जित्ने निश्चित भैसकेकाे छ । यसरी काँग्रेस १३ स्थानमा विजयी भैरहँदा एमाले भने ५ स्थान खुम्चिएकाे छ ।

०७४ मा काठमाडाैँमा महानगरसहित ७ पालिका जितेकाे एमाले यसपाला जम्मा २ नगरपालिकामा खुम्चिएकेा मात्र है काठमामाडाैँ महानगर उसकाे हातबाट फुस्किएकाे छ । केशव स्थापितकाे रूपमा हेविवेट उम्मेदवार उठाउँदा पन एमाले काठमाडाैँकाे दुइ नगरपालिका बुढानिलकण्ठ र टाेखामात्र विजयहुँदा काँग्रेसले आजसम्म जित्न नसकेकाे किर्तपुर नगरपालिकासहित ७ वटा नगरपालिकामा शानदार विजय हासिल गरेकाे छ । ०७४ मा एमालेले शानदार विजय हासिल गरेका संखरापुर नगरपालिका याे पाला राप्रपाले जितेकाे मात्र हैन साे नगरमा एमाले तेस्राे भएकाे छ । भक्तपुरमा ओलीकाे गृह नगरपालिकासहित ललिपुरका २ पालिकामात्र एमालेले विजय गरेकाे छ । एमाले पार्टीले  कति क्षति भयाे त्याे पछि समिक्षा हाेला तर जितहारकाे गणितमा भने विशाल क्षति देखिन्छ ।

ठीक उल्टाे अघिल्लाे पटक काठमाडाैँकाे ४ वटा ललितपुरका २ पालिकामात्र जितेकाे काँग्रेसले भक्तपुरकाे मध्यपुरसहित २ र काठमाडाैँका ७ नगरपालिका काँग्रेसले हात पारेकाे छ । त्यसैगरी ललितपुरमा महानगरदेखि ४ पालिकामा विजय हासिले गरेकाे छ । काँग्रेसलाइ गणितयरुपमा याे ठूलाे जीत मानिए पनि महामन्त्री गगन थापाकाे निर्वाचन क्षेत्रकाे बुढानिलकण्ठमा भने काँग्रेसले लज्जास्पद हार बेहाेरेका छ ।

 

सामाजिक र सांस्कृतिक सक्रियताकाे प्रतिफलः आशमान सङ्गत काठमाडाैँ ८ मा दाेब्बर मतले विजयी

Previous article

बुढानिलकण्ठका कमरेड जनप्रतिनिधिकाे पहिलाे प्राथमिकता “बाल्काेट बा” ! जित्ने बित्तिकै आशीर्वाद लिन पुगे ।

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *