स्थानीय

सामाजिक र सांस्कृतिक सक्रियताकाे प्रतिफलः आशमान सङ्गत काठमाडाैँ ८ मा दाेब्बर मतले विजयी

0

पछिल्ला केही वर्षदेखिका गतिबिधिलाइ पछ्याउने हेा भने पशुपति क्षेत्र तथा आशपासका हरेका समाजिक तथा साँस्कृतिक समस्यादेखि सम्भावनासम्मका विषयमा नेतृत्व गरिरहेका व्यक्तिका रूपमा आशमान सङ्गतलाइ लिन सकिन्छ । नेपाली काँग्रेसका इकाइ सभापतिसमेत रहेका सङ्गतले यही सामाजिक र साँस्कृतिक सक्रियताकाे आधारमा वडामा वडाध्यक्षकाे टिकट पाए । टिकट पाउन पनि उनलाइ सजिलाे थिएन । साविक वडाध्यक्ष काँग्रेसकै थिए वडा नं ८ मा । साविक वडाध्यक्षलाइ नै दाेहाेर्याउनु पर्ने लाइन पनि सक्रिय थियाे उनकेा पार्टीमा । निकैलामाे माथापच्चिसीपछि सङ्गतले लास्ट आवरमा टिकट पाए ।

आशामान सङ्गतले टिकट पाउने बित्तिकै यस वडामा एकखाले माहाैल बन्याे उनलाइ जिताउन । पार्टीभन्दा पनि व्यक्तिलाइ भनेर विपक्षीहरू पनि उनलाइ सघाउन तम्सिएकाे देखिन्थ्याे । बरू उनकै पार्टीमा केही अनबन थियाे । आशमानले टिकट पाउने बित्तिकै विपक्षमा एकखाले हाहाकार पनि थियाे । जताततै आशमानले जित्छ भन्ने माहाैलकाबीच उनले मतगणनामा पनि शानदार विजय हासिल गरेका छन् । उनकाे विजयी मत पनि विपक्षकाेभन्दा दाेब्बरभन्दा धेरै छ । उनले १५५७ पाउँदा विपक्षी एमालेले ७३३ मात्र पायाे । उनीमात्र हैन उनकाे वडामा वडासदस्यहरूले पनि शानदार विजय हासिल गरेका छन् ।

आशमान सङ्गतकाे प्रभाव आफ्नाे वडामा यतिसम्म गहिराे थियाे कि उनले आफ्नाे वडामा मेयर पदमा एमाले उम्मेदवारलाइ तेस्राे स्थानमा धकेली दिए । यस वडामा सृजना सिंहकाे मत स्थापितकाे भन्दा धेरै छ । वडा नं ८ मा सृजना सिंहकाे मत ८२४ छ भने केशव स्थापितकाे ६६२ रहेकाे छ । विजयी युवा वडाध्यक्ष आशामान सङ्गतलाइ हार्दिक बधाइ ।

गगन थापाकाे चुनावी क्षेत्र बुढानिलकण्ठमा काँग्रेसकाे बिचल्ली ! के निर्मम समिक्षा हाेला ?

Previous article

उपत्यकाका २१ पालिकामध्ये काँग्रेसलाइ १३ एमालेलाइ ५ पालिका

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *