विचार/लेख

गगन थापाकाे चुनावी क्षेत्र बुढानिलकण्ठमा काँग्रेसकाे बिचल्ली ! के निर्मम समिक्षा हाेला ?

0

  • केशव पाठक/दृष्टिकाेण

बुढानिलकण्ठ नगरपालिकामा यसपालाकाे स्थानीय तहकाे चुनावमा पनि काँग्रेसले नराम्राे हार व्यहाेरेकाे छ ।  यस नगरपालिकामा मिठाराम अधिकारी  मेयर हुनु जति अनपेक्षित थियाे, यस नगरमा काँग्रेसकाे बिचल्ली त्याभन्दा धेरै अनपेक्षित थियाे । देशैभर काँग्रेस नै काँग्रेस आइरहेकाे बेला गगन थापाकाे चुनावी क्षेत्रमा यसरी काँग्रेसकाे कन्तबिजाेग कसैले परिकल्पना गरेका थिएनन् । गगन थापाकाे चुनावी क्षेत्रमा काँग्रेसकाे याे हालतकाे बिचल्ली ! साँच्चैनै  गगन थापा तथा यहाँका अरू कतिपय नेताहरूका लागि जीवनभर  गला लागिरहने विषय बन्नेछ ।

बेहालरूपमा हार भएपछि काँग्रेसका कतिपय नेता कार्यकर्ता यतिखेर बुढानिलकण्ठ राँडाे रूवाइ गरिरहेका छन् ।  बुढानिलकण्ठ काँग्रेसका स्वनामधन्य नेता कार्यकर्ताहरू आफ्ना सामाजिक सन्जालमा घातअन्तर्घात भएकाे भनेर आलापविलाप गरेर एकअर्कामा दाेष देखाउन सक्रिय छन् । यसरी एकअर्कालाइ दाेष लगाउनेमा स्वयम् आफ्ना उम्मेदवार हराउन भूमिका खेल्ने निर्लज्ज पात्रहरू पनि देखिन्छन् ।

नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ अन्तर्गत बुढानिलकण्ठबासी पदीय दायित्वमै बसेका पात्रहरू पनि चुनावकाे अबधिभर बिबिधि बाहानामा माैन र शान्त रहेकाे थिए । ती पात्रहरू चुनाव अबधिभर माैनप्रायः बसेर चुनाव हारेपछि अब केही गर्नुपर्छ आँत्तिन हुन्न भनिरहेकाे भेटिन्छ । चुनावमा माैनझैँ देखिएका यस्ता कतिपय पात्रलाइ विपक्षी उम्मेदवारसँग पैसा नै खाएर चुपचाप बसेकाे भनेर हल्ला नै चलेकाे थियाे । विशेष गरेर क्षेत्रीय टिम, नगर टिम र महाधिवेशन प्रतिनिधिमध्येका केही नाम चलेका पात्रहरू पुरै चुनाव अबधिभर बेलाबखत चाेचाेमाेचाे गरे पनि समग्रमा माैन नै रहे । चुनावकाे अबधिभर उनीहरूकाे अनुहारमा जतिखेर एकखाले निराशामात्र देखिन्थ्याे । उनीहरू भेटघाट भएका बेला उम्मेदवारकाे बिबिध टिकाटिप्पणी गर्ने र यस्तैतालकाे हाेभ भने हार्छ विनाेद जित्दैन मात्र भन्ने गर्थे ।  तीमध्ये क्षेत्रकाे पदाधिकारीमै बसेकालाइ मिठाराम अधिकारीसँग २ लाख पैसा खाएकाे आराेपसमेत लागिरहेकाे छ ।

त्यसाे त हरूवा गाेरूकाे छेरूवा दाउ भनेझैँ हारेपछि हजार कुरा र तर्क निस्कन्छन् । तर बुढानिलकण्ठकाे हकमा भने हरूवा हुनुमा छेरूवाहरू सुरूदेखि नै कस्सिएका थिए । गगन थापाले मनाेनयनपत्र दाखिला हुने अन्तिम समयमा विनाेद चालिसेकाे पाेल्टामा उम्मेदवारी भार हालिदिएपछि बुढानिलकण्ठ काँग्रेसमा जाेस आउनुभन्दा हाेस हराएझैँ देखिन्थ्याे । त्यसरी हराएकाे जाेस चुनावमा भाेट हाल्दासम्म जस्ताकाे त्यस्तै थियाे । त्यसाे त  जाेसका सबालमा टिकट पाएका विनाेद चालिसेमा झन् थिएन । चुनाव अबधिभरका  मेयर उम्मेदवारकाे स्वरूप एवम् हाउभाउलाइ हेर्ने हाे भने हार्नका लागि चुनाव लडेकाेझैँ लाग्थ्याे । मानाैँ, गगन थापाले उनलाइ भनेका थिए, विनाेद, तिमी चुनाव उठ्ने मात्र हाे जित्नेचाहिँ हैन नि !

भनिन्छ, चुनाव भनेकाे सँधै उम्मेदवारकाे ९० प्रतिशत र बाँकीकाे १० प्रतिशत हाे । आजसम्म चुनाव नलडेका र चुनाव माहाैल नहाँकेका विनाेद चालिसे उम्मेदवार थिए । मनाेनयनपत्र दाखिला गरेकाे समयभन्दा केही घण्टा अघि उनले टिकट पाएकाे भन्ने सूचना नभएसम्म उनिमा कतैबाट चुनाव लागेकाे थिएन । टिकट पाएँ भने म यसाे गर्छु भन्ने तयारी चालिसेमा छँदै थिएन । यसाेभन्दा फरक नपर्ला उनमा आफुले टिकट पाउने कतैबाट विश्वास नै थिएन ।  आफू उम्मेदवार हुने निश्चित कतैबाट नदेखिएका चालिसेमा तयारी सुन्य थियाे ।

बुढानिलकण्ठकाे चुनावमा कतै पनि वा कसैले पनि अनुभूति नै गरेनन् कि याे देशकै सबैभन्दा आशा गरिएका नेता गगन थापाकाे चुनावी क्षेत्रकाे चुनाव हाे । विशेषगरेर महामन्त्री थापालाइ चुनाव जिताउन भनेर बुढानिलकण्ठतिर दाैडधुप गरेकाे पनि खासै देखिएन । असन्तुष्टहरु कफि पसलपिच्छे विनाेद चालिसेकाे कुरा काटेर बसिरहँदा महामन्त्री थापा वा उनका पेटी ठेकेदारहरू कतै पनि सल्बलाएकाे देखिएन । विशेष गरेर वडा नं २, ३, ५, ६, ८ र ११ मा समस्या छ भन्ने सबैलाइ अबगत थियाे । यी सबै काँग्रेसले मजाले चुनाव जित्ने वडाहरू थिए । यसका लागि गगन थापा, प्रकाश महत तथा उनकाे विश्वासिला सहकर्मीहरु खटेका भए चुनावी नतिजा निश्चित पनि फरक हुनेवाला थियाे ।

बुढानिलकण्ठकाे चुनाव परिचालन समिति स्वयम् अपाङ्गजस्ताे देखिन्थ्याे । उम्मेदवार र परिचालन समितिबीच  तालमेल कतै नदेखिँदा आफ्नाे चुनावी क्षेत्रलाइ सजीव बनाउन गगन थापा र प्रकाश महत चिन्तित भएकाे भए उल्लेखित सबै वडामा काँग्रेसले विजय हासिल  गर्न सक्थ्याे । वडा नं ५ मा काँग्रेसले गरेकाे विजय काँग्रेसकाे कमाइभन्दा पनि कलम पार्टीकाे करामतकाे कमाइ हाे ।

पुरैे चुनाव अबधिभर बुढानिलकण्ठमा कतै पनि जिवन्त खाले चुनावी गतिबिधि काँग्रेसले देखाउन सकेकाे देखिएन । कृतिमझैँ लाग्ने चुनावी गतिबिधिमा उम्मेदवार बनेकाे विनाेद चालिसेलाइ कहिल्यै मेयर उम्मेदवारकाे फुलफर्ममा कसैले महशुस नै गरेनन् ।

चुराेकुरा नेतृत्वकै हुन्छ, बुढानिलकण्ठबाट नेतृत्व गर्ने सबै नेताहरू मिलेर एकजुट भएर जान सकेकाे भए चुनाव जितिने सम्भावना नै नभएकाे भन्न सकिन्न । यसमा पहिलाे त उम्मेदवारले त्याे खाले प्रयास गरेनन् । दाेस्राे, जसकाे चुनाव क्षेत्र हाे वा मेयरकाे उम्मेदवार जसकाे इन्ट्रेस्टमा बनाइएकाे हाे गगन थापा उनले सबैलाइ मिलाउने खालकाे भूमिका नै देखाएनन् । टिकट दिनु पूर्व वा टिकट दिइसकेपछि गगन थापाले असन्तुष्टहरूलाइ एकदुइपटक डिनर मिटिङमा राख्न सकेनन् मात्र हैन समस्या भएका कतिपय ठाउँमा उनी आफै गएका भए निश्चित समस्या समाधान हुन सक्थ्याे त्यसमा उनले कुनै पहल गरेनन् । अझ यसलाइ यसाे भन्न सकिन्छ, गगन थापाले विनाेद चालिसेलाइ जिताउन भनेर पूर्ण प्रयास नै गरेनन् । त्यसाे त,  थापाका पेटी ठेकदारहरूले माहाेल सब ठीक छ, चिन्ता लिनु पर्दैन भनेर काेठे इन्टेलिजेन्स रिपाेर्ट सुनाएकाे पनि हुनसक्छ ।

गगन थापाबाहेक, प्रदेश महामन्त्री राजु श्रेष्ठले चुनाव अबधिभर कतै हिँडेकाे वा उम्मेदवार जिताउन काेशिस गरेकाे देखिएन । आफू चुनावी मैदानमा पुगेर हारिसकेका श्रेष्ठले कतिपय लुपहाेलहरू चालिसेलाइ बताउन सक्थे र सुधार्ने वातावरण बनाउन सकिथ्याे, सम्भवतः महामन्त्री श्रेष्ठकाे माेबाइल स्विचअफ नै थियाे । यता, गगन थापाका प्रिय सांसद न्हुच्छेनारायण श्रेष्ठकाे उपस्थिति, गतिबिधिमात्र हैन बाेली नै पनि काँग्रेसलाइ जिताउन भन्दा हराउन सक्रिय भएकाे झैँ लाग्थ्याे । सांसद श्रेष्ठ याे चुनावभन्दा पनि आगामी केन्द्र र प्रदेश चुनावमा आफूले टिकट पाउने नपाउने जाेडघटाउमा आफ्ना गतिबिधि बढाइरहेकाे देखिन्थ्याे । उनी कसै गरी पनि समाजवादीसँग गठबन्धन गर्न चाहँदैनथे, याेसँग उनकाे प्रदेशकाे टिकटकाे साँचाे लुकेकाे महशुस उनले गरिरहेझैँ लाग्थ्याे । सांसद श्रेष्ठले माओवादीहरूसँग गरेकाे गठजाेड (?) वा पार्टी प्रवेशकाे कथाव्यथा कालन्तरमा काँग्रेस हराउन मात्र उपयाेगि भयाे । उनकाे गृहवडामा विनाेद चालिसेले पाएकाे मतलाइ आधार मानेर समिक्षा गर्ने हाे भने पनि सांसद श्रेष्ठलाइ लागेकाे आराेप पुष्टि हुनसक्छ ।

संगठनकाे पदका हिसाबले अत्यन्त सक्रिय हुनु पर्ने तथा चुस्तदुरूस्त बनाउनु पर्ने भूमिकामा रहेकाे क्षेत्रीय सभापति श्यामकृष्ण संगतकाे भूमिका किंकर्तव्यविमूढ देखियाे । महामन्त्री गगन थापाका पेटी ठेकेदारहरूकाे लहैलहैमा उनी काठमाडाैँ वडा नं ८ काे नेतामात्र बन्न पुगे । उनले के गर्ने के नगर्ने मेसाेसम्म पाएनन् । बुढानिलकण्ठ बस्ने क्षेत्रीय सचिव बद्रि दामाेदर भट्टराइकाे सक्रियता पनि याे चुनावी अबधिभर सन्ताेषजनक देखिएन । उनी आफै सक्रिय भएर लाग्नु पर्नेमा उम्मेदवारकाे आज्ञा वा अरू केहीकाे अपेक्षामा बसिरहेझैँ देखिन्थ्याे । भट्टराइकाे  चुनावी माैनता धेरैले अनुभव गरेर कुरासमेत काटेकाे देखिन्थ्याे । यतिसम्मकी उनलाइलाइ विपक्षी उम्मेदवारले किनेकाे भनेर विपक्षकाले नै भनेकाे कुरा हल्लाखल्ला भयाे । तर उनले याे हुँदै हैन भनेर न स्पष्टिकरण दिए न त्याे लेबलकाे सक्रिय भए जुन क्षेत्रीय सचिव लेबलकाे नेताका हुननुपर्थ्याे । तर पनि भट्टराइकाे सामाजिक सन्जाल भने सक्रिय थियाे भनेर चित्त बुझाउने आधार भने छ ।

नगर सभापति राजाराम बुढाथाेकीले आफूले मेयर पदकाे टिकट नपाएकै दिन आफ्ना नजिकका ३० जना कृयाशीललाइ राजिनामा दिन लागेर चुनावी वातावरण धमिलाे बनाएकाे आराेप लाग्याे । चुनावी वातावरण सुरूदेखि बिग्रनुमा त्याे राजिनामा प्रकरणकाे ठूलाे भूमिका छ । आफूले टिकट नपाएपछि उनी सक्रिए देखाउन खाेजे पनि सक्रिय थिएनन् भन्ने कुरा यज्ञमती बुथमा झरेकाे मतले नै बताउँछ । बुढाथाेकीलाइ विनाेद हराउन लागेकाे चरम आलाेचना भएकाे छ । चुनाव हारिसकेपछि केही कार्यकर्ताले आफ्नाे सामाजिक सन्जालमै नगरसभापतिकाे राजिनामा मागेका छन् ।

कृयाशिल सदस्यहरूलाइ दाेष देखाएर सूर्यमा भाेट हाले भनेर आराेप लगाउनु पूर्व त्यसरी क्रियाशील वा समर्थकहरूलाइ सूर्यमा भाेट हाल्ने वातावरण बनाउने नेतागणकाे विशेष समिक्षा हुन जरूरी छ । समिक्षा सांसद तथा महामन्त्री गगन थापा, प्रदेश महामन्त्री राजु श्रेष्ठ, सांसद न्हुच्छेनारायण श्रेष्ठ, जिल्ला उपसभापति/सचिव,  क्षेत्रीय सभापति तथा सचिवदेखि प्रदेश ख पदाधिकारीसम्मका नेताहरूकाे गतिबिधि र शैली एवम् भावनाकाे निर्मम समिक्षा हुन जरूरी छ । गल्ति महशुस गरेर आत्मालाेचनादेखि राजिनामाका प्रकृयसम्म नपुगी  काठमाडाैँ क्षेत्र नं ४ र बुढानिलकण्ठ नगरपालिकामामा काँग्रेसकाे बिचल्लीपूर्ण राजनीतिकाे हुने देखिदैन । तर के याे सम्भव हाेला ? भैहाले पनि के त्याे सन्देश वा अनुभूति गर्ने तहसम्म पुग्ने खालकाे हाेला त ?

काठमाडाैँले बालेनलाइ राेजिरहँदा बुढानिलकण्ठले मिठारामलाइ राेज्याे !

Previous article

सामाजिक र सांस्कृतिक सक्रियताकाे प्रतिफलः आशमान सङ्गत काठमाडाैँ ८ मा दाेब्बर मतले विजयी

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *