स्थानीय

बुढानिलकण्ठमा २ वटा वडा गनि नसक्दै एमालेका मेयर तथा उपमेयर उम्मेदवारले जित्ने सुनिश्चित

0

बुढानिलकण्ठ नगरपालिकामा एमालेले जीत हासिल गर्ने निश्चित भएकाे छ । ११ वटा वडा गनिसक्दा अधिक वडासहित एमालेले मेयर तथा उपमेयर पदमा जीत सुनिश्चित गर्ने मत प्राप्त गरिसकेकाे छ । गन्न बाँकी २ वटा वडाले जीतहारमा कुनै फरक नपार्ने देखिएकाे छ ।हालसम्म(वडा नं ११ काे नतिजासम्म) एमाले उम्मेदवार मिठाराम अधिकारीले ११६८५ मत प्राप्त गरेका छन् भने उनलाइ पछ्याइरहेकाे काँग्रेसका उम्मेदवार विनाेद चालिसेले ९४३८ मत पाएका छन् । उपमेयरमा पनि एमालेले जित सुनिश्चित गरेकाे छ ।

एमालेले बुढानिलकण्ठका हालसम्म मत गणना भएका ११ वटामध्ये ८ वटा वडाका वडाध्यक्ष जितेकाे छ । २ वटामा काँग्रेस र एउटा वडामा काँग्रेसका बागीले चुनाव जितेका छन् । अधिकांश वडामा मिश्रित जीत हासिल भएकाे छ । वडा नं २, ३, ५, ६, ९ र ११ मा मिश्रित चुनावी नतिजा आएकाे छ ।

बुनपा ११ काे वडाध्यक्षमा एमालेका राजु अधिकारी विजयी, ४ सदस्य नेपाली काँग्रेसले जित्याे

Previous article

बुढानिलकण्ठ १२ मा एमाले उम्मेदवार शम्भु भट्टराइसहित प्यानल नै विजयी

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *