स्थानीय

बुनपा ११ काे वडाध्यक्षमा एमालेका राजु अधिकारी विजयी, ४ सदस्य नेपाली काँग्रेसले जित्याे

0

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ काे वडाध्यक्षमा एमाले उम्मेदवार राजु अधिकारी ३८ मतले विजयी भएका छन् । साविक वडाध्यक्षसमेत रहेका अधिकारीले १२९३ मत पाए भने दाेस्राे भएका नेपाली काँग्रेसका राधेश्याम कार्कीले १२५५ मत प्राप्त गरेका थिए । तेस्राे भएका एकिकृत समाजवादीका विमल लामाले ५८८ मत प्राप्त गरे ।

काँग्रेसले जित्छ भनेर व्याख्या गरिँदै आएकाे यस वडामा सदस्यहरूचाहिँ काँग्रेसले नै जितेकाे छ । सदस्यहरु जितेकाे काँग्रेसले वडाध्यक्ष गुमएकामा अन्तर्घात भएकाे भनेर आराेपप्रत्याराेप चलिरहेकाे छ । ०७४ काे चुनावमा पनि यस वडामा काँग्रेसले नै एमालेलाइ जितायाे भनेर भनेर हल्ला चलेकाे थियाे ।

यस वडामा मेयर पदका लागि एमालेका मिठाराम अधिकारीलाइ १५४८ मत गएकाे छ भने काँग्रेसका विनाेद चालिसेलाइ १२९९ मत गएकाे छ । त्यसैगरी एकिकृत समाजवादी बालकृष्ण श्रेष्ठले २४९ मत प्राप्त गरेका छन्।

बुढानिलकण्ठ १० मा नवराज भट्टराइकाे प्यानलसिहत शक्तिशाली एवम् प्रभावशाली विजय

Previous article

बुढानिलकण्ठमा २ वटा वडा गनि नसक्दै एमालेका मेयर तथा उपमेयर उम्मेदवारले जित्ने सुनिश्चित

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *