बुढानिलकण्ठ नगरपालिकाका ९ वटा वडाहरूकाे मतगणना सक्किएकाे छ । पछिल्लाे पटक मतगणना भएकाे वडा नं ९ काे वडाध्यक्षमा नेकपा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे विजयी भएकी छिन् भने वडा सदस्यहरू सबै काँग्रेसले जितेकाे छ ।
काँग्रेसले जित्ने भनेर साेचिएकाे यस वडामा वडाध्यक्ष पदमा गणेश काेइरालाकाे पराजयसँगै बुढानिलकण्ठमा अर्काे एउटा वडा काँग्रेसकै अन्तर्घातले गुमेकाे छ । यसअघि वडा नं २ र ६ पनि अन्तर्घातकै कारण गुमेकाे थियाे । वडा नं ९ मा काँग्रेसका मेयर उपमेयरदेखि वडासदस्य सबैले एमालेभन्दा बढि मत पाउँदा वडाध्यक्षका उम्मेदवारले भने कम भाेट पाएका थिए ।
Comments