काराेवार/अर्थतन्त्रविकास

२ खर्ब २२ अर्बकाे असारे विकास खर्चकाे तयारी

0

चालु आर्थिक वर्ष २०७८/७९ को १० महिना (२०७८ साउनदेखि २०७९ वैशाख) मा ११८ अर्ब रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ मा सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड रुपैयाँ छुट्याएको थियो । सरकारले बजेट संशोधन गर्दै पूँजीगत खर्चलाई तीन खर्च ४० अर्ब ३२ करोडमा झारेको थियो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार १० महिनाको अवधिमा १ खर्ब १८ अर्ब २६ करोड रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ । यो कुल लक्ष्यको मात्र ३१.२८ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि छुट्याएको पूँजीगत खर्चमध्ये दुई खर्ब २२ अर्ब रुपैयाँ खर्च हुन बाँकी छ । पूँजीगत खर्चमाथि परेको चापका कारण चालु आर्थिक वर्षमा समेत असारे खर्च दोहोरिने निश्चित भएको हो ।

  • कुल बजेट : १६ खर्ब ३२ अर्ब ८२ करोड
  • संशोधित लक्ष्य : १५ खर्ब ४६ अर्ब २८ करोड
  • वैशाख मसान्तसम्म भएको खर्च : ९ खर्ब ८ अर्ब ८७ करोड(अनलाइनखबर)

बुढानिलकण्ठमा ७ वटा वडाकाे मतगणना भैसक्दा एमालेलाइ १५१ मतकाे अग्रता

Previous article

बुढानिलकण्ठ ८ काे वडाध्यक्षमा एमालेका सुमन तामाङ, प्यानलकै शानदार विजय

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *