बुढानिलकण्ठ नगरपालिकामा काँग्रेसकाे इतिहास बाेकेकाे खड्का भद्रकाली क्षेत्रमा काँग्रेसकाे बर्चश्व ताेड्दै एमाले विजय भएकाे छ । एमालेले बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं ६ मा थाेरै मतले विजय हासिल गर्ने क्रममा एमालेका रवि खड्काले काँग्रेसका प्रल्हाद खड्कालाइ पराजित गरेका छन् । वडा सदस्यहरू भने काँग्रेसले जितेकाे छ । ०७४ काे निर्वाचनमा याे वडामा नेपाली काँग्रेसका नविन केसीले वडाध्यक्ष जितेका थिए ।
Comments