स्थानीय

बुढानिलकण्ठकाे मेयर पदमा काँग्रेसका विनाेद चालिसेलाइ ८० मतकाे अग्रता

0

बुढानिलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारकाे अग्रता कामय रहेकाे छ । वडा नं ३ सम्मकाे गणनामा एमालेभन्दा पछाडि परेका नेपाली काँग्रेसका उम्मेदवार विनाेद चालिसे वडा नं ४ काे मतगणनासँगै एमालेलाइ जितेका थिए । वडा नं ५ मा एमाले उम्मेदवार मिठाराम अधिकारी भन्दा १७ मत कम ल्याएका चालिसेलाइ यतिखेर ७० मतकाे अग्रता रहेकाे छ ।

त्यसैगरी उपमेयर पदमा  नेकाकी रमिला वाग्ले एमालेकी अनिता लामाभन्दा २ मतले अगाडि छिन् । वाग्लेले ३६७५ मत ल्याएकी छिन् भने लामाले ३६७३ मत ल्याएकी छिन् । यस नगरपालिकाकाे वडा नं १ र २ एमालेले जित्याे भने ३ स्वतन्त्र तथा ४ र ५ नेपाली काँग्रेसले जितेकाे छ ।

वुनपा ५ मा काँग्रेसकाे शानदार विजय, कृष्ण शाह ठकुरी वडाध्यक्ष बने

Previous article

नेपाली काँग्रेसकाे गढ बुढानिलकण्ठ ६ मा एमाले वडाध्यक्ष, रवि खड्काले जिते

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *