साविकमा एमालेले जितेकाे वुढानिलकण्ठ नगरपालिका वडा नं ५ काे वडाध्यक्षमा नेपाली काँग्रेसका कृष्ण शाह ठकुरी विजय हाशिल गरेका छन् । आज साँझ भएकाे मतगणनामा उनले एमालेकाे उम्मेदवारलाइ पराजित गर्दै विजय हाशिल गरेका हुन् । साविकमा एमालेले जितेकाे वडा भए पनि याे वडामा समाजवादीले राम्राे भाेट ल्याएकाे छ ।
विजय हासिल गरेका शाहले ५१४ मत ल्याए । एमालेले ४८१ मत ल्यायाे भने तेस्राे भएका एकिकृत समाजवादीका उम्मेदवारले ३७८ मत प्राप्त गरे । यस वडामा मेयर पदमा भने एकिकृत समाजवादीका बालकृष्ण श्रेष्ठले धेरै मत ल्याएका छन् श्रेष्ठले ४५१ मत ल्याए भने काँग्रेसका विनाेद चालिसेले ४२१ मत ल्याएका छन् । यस वडामा एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ४३८ मत ल्याएका छन् । आजै राति यस नगरपालिकाकाे वडा नं ६ काे मतगणना हुनेछ ।
Comments