प्रकृतिवातावरणसमसामयिक

शिवपुरी राष्ट्रिय निकुन्ज र आसपासका जङ्गलमा आगन्तुक “स्वर्गचरी” बच्चा काेरल्न व्यस्त

0

काठमाडौंको उत्तरी भित्ता झोर इलाकामा यो वेला स्वर्गचरी भनिने Asian paradise Bird  गुँड बनाएर बच्चा कोरल्न व्यस्त  छन् ।  आगन्तुक स्वर्गचरी झोर बाहेक शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रका कतिपय ठाउँमा देख्न पाइन्छ । याे गर्मी छल्न नेपाल आउने चरा हाे । नेपालमा हिँउदे चराकाे हुलका हुल आउने गरे गर्मीयाममा आउने चरा ससाना झुन्डमा थोरै सङ्ख्यामा आउँछन्। स्वर्गचरी ससाना झुन्डमा आउने चरामध्ये एक हाे । चराविज्ञहरूले याे ससाना झुन्डमा आउने चराहरू विस्तारै संकटापन्न चराकाे अबस्थामा पुगेकाे बताउँदै आएका छन्  ।
गर्मी छल्न आउने अधिकांश चराको बच्चा कोरल्ने समय वैशाख-जेठ हो। यी चरा बच्चा कोरल्न नै आउने गरेका छन्। चराहरूले वंशानुगत गुणका आधारमा सदियौंदेखि बसाइँसराइको परम्परालाई निरन्तरता दिइरहेका हुन्छन्।
नेपालमा ६० भन्दा धेरै प्रजातिका आगन्तुक हिउँदे चरा गर्मी छल्न आउने गर्छन् । यस्ता  आउने चराको अवस्थाबारे अध्ययन भएको नभए पनि वर्षेनी आउने र बच्चा काेरेलेर उड्ने भएपछि लिएर जाने गरेकाे छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार, नेपालमा पाइने आठ सय ८८ प्रजातिका चरामध्ये ६ सय रैथाने प्रजाति हुन्। हिउँदमा डेढ सय र गर्मीमा करीब ६५ पाहुना चरा नेपाल आउँछन्।
नेपालमा चरालाई नियमित आगन्तुक, फिरन्ते र बटुवाको सूचीमा सूचीकृत गरिएको छ। नेपालमा हिउँद ऋतु र वसन्त ऋतुमा ‘नियमित आगन्तुक’, कहिलेकाहीं मात्रै देखिने ‘फिरन्ते’ र नेपालको बाटो हुँदै अन्य मुलुक बसाइँ जाने ‘बटुवा चरा’ पाइन्छन्।(हिमालखबरकाे समाचारमा आधारित)फाेटाेः महेश बज्राचार्य

बुढानिलकण्ठकाे उपमेयरमा काँग्रेसकी रमिला एमालेकी अनिताभन्दा अगाडि

Previous article

कामनपा १ मा एमाले विजयी, गगन थापाकाे चुनावी क्षेत्रमा काँग्रेसमाथि वागीकाे तगाराे !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *