बुढानिलकण्ठ नगरपालिकामा एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले अग्रता लिइरहेका छन् । ३ वटा वडाकाे मतगणना भैसक्दा एमाले उम्मेदवार मिठाराम अधिकारीले २०५२ मत प्राप्त गरेका छन् । उनलाइ काँग्रेसका उम्मेदवार विनाेद चालिसेले पछ्याइरहेका छन्। चालिसेले १७४० मत ल्याएका छन् । यस नगरपालिकामा एकिकृत समाजवादीका बालकृ्ष्ण श्रेष्ठले हालसम्म ९०३ मत ल्याएका छन् स्वतन्त्र उम्मेदवार सुमित खरेलले ४८५ मत ल्याएका छन् ।
नगरपालिकाकाे वडाहरू १, २ र ३ काे मतगणना भैसक्दा एमालेले २ वटा वडामा वडाध्यक्ष जितेकाे छ । वडा नं १ मा एमालेले वडाध्यक्षसहित प्यानल नै जितेकाे छ भने वडा नं २ मा वडाध्यक्ष, वडा नं ३ मा ३ सदस्य जितेकाे छ । नेपाली काँग्रेसले वडा नं २ मा ४ सदस्य र वडा नं ३ मा १ सदस्य जितेकाे छ । वडा नं ३ मा काँग्रेसका वागी उम्मेदवार आकाश धितालले वडाध्यक्ष जितेका छन् ।
उपमेयरमा पनि एमाले उम्मेदवार अनिता लामा अगाडि छिन् । लामाले २४१७ मत ल्याएकी छिन् । काँग्रेसकी उपमेयर उम्मेदवार रमिला खड्काले १९७७ मत ल्याएकी छिन् ।
Comments