स्थानीय

बुढानिलकण्ठ वडा नं ३ मा आकाशकाे कमाल, एमालेलाइ हराएर वडाध्यक्ष बने !

0

०७४ काे स्थानीय चुनावमा नेपाली काँग्रेसकाे तर्फबाट वडा सदस्यकाे उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका आकाश धितालले विजय पाउँदा सबैभन्दा धेरै मत ल्याएका थिए । पाँचवर्ष बुढानिलकण्ठ ३ का विकासे गतिबिधिमा काम गर्दा आकाशले आफूलाइ अझै राम्राे र सर्वपक्षीय बनाए ।  सबैसँग मिल्नसक्नेदेखि सबैलाइ मिलाउन सक्ने क्षमताका धनी आकाश ०७९ काे स्थानीय तह चुनावका काँग्रेसकाे निर्विकल्प उम्मेदवार बन्ने अनुमान थियाे । तर नेपाली काँग्रेसकाे महाधिवेशनकाे तुष आकाशमाथि पाेखियाे र वडाध्यक्षकाे रेसबाट बाहिर बनाइयाे । महाधिवेशनमा वर्तमान नेका क्षेत्रीय सभापति श्याम खड्काकाे विपक्षी समूहका समर्थक भएका कारण उनलाइ वडाध्यक्षकाे टिकटबाट वञ्चित गरिएकाे भनेर चाैतर्फि क्षेत्रीय सभापतिकाे आलाेचना भएकाे थियाे ।

नेपाली काँग्रेसले उनलाइ उम्मेदवार नबनाएपछि स्थानीय युवाहरू आकाशकाे पक्षमा बाेल्न थाले । आकाशलाइ चुनावी मैदानमा धकेलिन अभिप्रेरित गरे । युवाहरूकाे जाेश तथा वडावासीकाे सद्भावमा आकाश स्वतन्त्र उम्मेदवारकाे हैसियतामा चुनावी मैदानमा छिरे । आकाशकाे पक्षमा काँग्रेसदेखि एमालेसम्मका युवाहरू जिताउन सक्रिय भए । उनकाे घरदैलाे तथा र्यालीमा घरघरबाट महिला तथा बृद्धबृद्धासमेत देखिए । सबै वडा नं ३ काे वडाध्यक्ष हुनेमा ढुक्क बन्दै थिए । ३० गतेकाे चुनाव सकिँदा सबैजना आकाशकाे जीतकाे कामना गर्दै थिए ।

चुनावी मतगणनाकाे सुरूवाती रूझानमा आउँदा सबैलाइ निरूत्साहित बनाएकाे थियाे । सुरूमा आकाशकाे मत कम देखियाे । जसै मतगणना अगाडि बढ्दै गयाे आकाश छाउँदै गए । अन्त्यमा, निकटतम प्रतिद्वन्द्वि एमाले उम्मेदवार राजेन्द्र खड्कालाइ ३८ मतले हराउँदै आकाश वडाध्यक्ष भए । वडावासीले देखेकाे सपना पूरा गर्ने महत्वपूर्ण अवसर उनले पाएका छन् । वडावासीले दिएकाे अपार मायाकाे मतकलाइ गुन तिर्ने भूमिकामा पुगेका आकाशसँग वडामा गर्न पर्ने धेरै  समस्या र सम्भावनाका काम छन् ।  शुभकामना युवा वडाध्यक्षलाइ ।

उद्धव खरेलकाे वडामा लाैराेलाइ वम्पर उपहार !

Previous article

बुढानिलकण्ठकाे वडा नं ३ मा समाजवादीबाट मेयर पदका उम्मेदवार बालकृष्ण श्रेष्ठलाइ अत्याधिक मत

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *