बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं २ मा मेयरकाे मत नेपाली काँग्रेसका उम्मेदवारलाइ धेरै गएकाे छ । मेयरसमेत रहेका उद्धव खरेलकाे वडामा एमालेका मिठाराम अधिकारीलेभन्दा नेका उम्मेदवार विनाेद चालिसे धेरै मत पाए । चालिसेले ९८२ मत पाए भने अधिकारीले ८५८ मत पाए । काँग्रेसले काँग्रेसलाइ अन्तर्घात गरेकाे वडाकाे मुख्य आकर्षण भने लाैराे चिन्ह लिएर लडेका सुमित खरेलकाे मत सँख्या रह्याे । एमाले छाडेर स्वतन्त्र भएर चुनावी मैदानमा उत्रिएका सुमित खरेलले ३६२ मत पाए ।
मेयर खरेलका आफन्तसमेत रहेका सुमित खरेल लामाे समय नगरपालिकामा काम गरेका सुमित खरेलले पाएकाे मतका कारण एमालेले यस वडामा काँग्रेसलाइ ठूलाे मतले पछाडि पार्न सकेन । वडा नं २ ले ठूलाे मतले पछाडि रहेका काँग्रेस मेयरलाइ केही राहत पुगेकाे छ । यसकाे एउटा कारण लाैराेकाे मत पनि हाे ।
Comments