बुढानिलकण्ठ नगरपालिकामा माैन अबधिमा एक स्थानीय परिवर्तन खबर नामकाे अनलाइनले लगातार काँग्रेस उम्मेदवारकाे चरित्रहत्या र एमाले उम्मेदवारकाे पक्षमा समाचार लेखिरहेकाे छ । साे अनलाइनले माैन अबधिमा एमाले उम्मेदवारकाे पक्षमा “बहुप्रतिभाकाे धनी लाेकप्रिय व्यक्ति मिठाराम अधिकारी” भनेर देवत्करण गरेर समाचार लेखेकाे छ । याे समाचार बैशाख २८ गते साँझ पाँच बजेर ३९ मिनेटमा लेखिएकाे थियाे ।
आज वैशाख २९ गते साँझ ७ः४४ मिनेटमा बुढानिलकण्ठमा काँग्रेसका मेयर र वडा नं १० का वडाध्यक्ष उम्मेदवारबिरूद्ध साे अनलाइनले चरित्रहत्या गर्ने अर्काे समाचार छापेकाे छ । “असल शिक्षक नबन्नेले बुढानिलकण्ठ नगरपालिका के गर्लान” भन्ने शीर्षकमा लेखिएकाे समाचारमा उम्मेदवारद्वयकाे व्यापक चरित्र हत्यामा लामाे समाचार लेखिएकाे छ ।
एमाले मेयर उम्मेदवारकाे मिडिया काेर्डिनेटर भएर काम गरिरहेका ध्रुव घिमिरेले साे अनलाइनकाे सम्पादन गर्ने गरेका छन् ।
Comments