लगानीयोग्य रकम (तरलता) अभाव खेपिरहेका ब्यांकहरूलाई केही राहत दिने गरी गत साता सामान्य निक्षेप वृद्धि भएको हो। साथै, ब्यांकहरूको कर्जा लगानी पनि रु. ४ अर्बले घटेको छ।
लगातार कर्जा वृद्धि र निक्षेप खस्किएका कारण नेपालको ब्यांकिङ क्षेत्र तरलता अभावको सामना गर्दै आएको थियो। पछिल्लो समयमा राष्ट्र ब्यांकले ब्यांकहरूलाई आक्रामक कर्जा विस्तार नगर्न निर्देशन दिँदै आएको छ। आयात नियन्त्रणका प्रयासले पनि कर्जा विस्तार प्रभावित भएको छ।
नेपाल ब्यांकर्स एशोसिएसनले उपलब्ध गराएको तथ्यांकअनुसार, २३ चैतसम्म ब्यांकहरूमा ४३ खर्ब ७३ अर्ब निक्षेप छ भने ब्यांकहरूले ४१ खर्ब ९३ अर्ब ऋण लगानी गरेका छन्।
यद्यपि, अझै पनि ब्यांक तथा वित्तीय संस्थामा तरलता अभावको चाप रहेको देखिन्छ। संघका अनुसार, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.८१ प्रतिशत छ। राष्ट्र ब्यांकले यो सीमा बढीमा ९० प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ।
Comments