विचार/लेख

खाेला-खाेल्सी मास्ने, डाँडा भास्नेलाइ मेयरकाे टिकट !

0

  • आकाश शर्मा

निर्वाचनको सन्मुखमा विभिन्न पार्टीका उमेद्वारलाई लिएर चर्चा परिचर्चा हुने, पक्ष विपक्षमा समर्थन विरोधका स्वरहरु सुनिने आम कुरा हो। यो चलन निर्वाचन ताका एक स्वाभाविक प्रतिक्रियापनि हो। यद्यपि पक्ष विपक्षका नारा, आफ्नो सन्निकट उमेद्वारको महिमागान र अन्यको खोइरो खन्ने प्रवृति भने सबैभन्दा हावी देखिन्छ। यस्तो चलनले कुनै नेतालाई आकस्मिक रुपमा फाइदा त पुर्याउला तर कुनैपनि क्षेत्र र त्यहाँका जनताहरु लाई दिर्घकालिन फलप्रत्प होला भनेर ढुक्क हुन सकिदैन। यस्तै स्कूलिंगबाट प्रभावित हाम्रो राजनीति र जनतामाझ यस विषयलाई लिएर हुने शुन्य प्राय: साक्षरता वा जागरुकताले गलत प्रवृत्ति अङ्गीकार गर्ने अयोग्य पात्रलाई जिताउने होडबाजी हुन्छ।

 

गलत व्यक्तिको हातमा बागडोर थमाइदिएपछि प्रचुर सम्भावना बोकेका कैयौं क्षेत्र र नगरलाई अधोगतिको राथमा दौडाएका थुप्रै उदाहरणहरु हाम्रा सामु छन्। जनप्रतिनिधिले यस्तै दुर्गतितर्फ डोहोर्याएको यथार्थको साक्षी बूढानीलकण्ठ नगरपालिका का वासिन्दाहरु पनि बन्नु पर्यो। बूढानीलकण्ठ भित्र पर्ने कपन क्षेत्रको आजको अवस्था बारे कोहि अनभिज्ञ छैन। वर्षेनी बाढीको चपेटामा कपनबासि हरु पर्ने गरेको नमिठो बास्तविकताको जड खोज्दैजाँदा हामी मिठाराम अधिकारिसम्म पुग्छौं।

 

मिठाराम अधिकारी विक्रम सम्बत २०५४ सालमा कपन गाविसका प्रमुख थिए। त्यसताका माओवादी युद्ध उत्कर्षमा पुगेको अवस्था थियो र त्यहि क्रममा बाहिरबाट कपनमा बसाइसराइ गरेर आउने भीडलाई व्यवस्थित रुपमा वस्ती बसाउन अधिकारीको क्षमताले भ्याएन। एस एल सी भन्दा कम शैक्षिक योग्यता रहेका उनले सहरी विकासको जटिलतालाई बुझ्न सकेनन् वा बुझ्ने कष्ट उठाउन चाहेनन्। उनले यसबीचमा कपन वडा नं. १, २, ३ र ८ का फाँटभारी घर बाडेको तथ्य स्थानीयहरु बताउछन्। “साना साना खाेल्सी, राजकुला भरिएकाे याे फाँटमा बेच्नेले पनि खाेला र राजकुलाहरू बाटा हुनेछन् भनेर बेचे अनि किन्नेले पनि त्यही भनेर किने” स्थानीयहरु सम्झिन्छन। यसै क्रममा सार्वजनिक जमिनकाे दुरूपयाेग पनि मनग्ये भयाे भने सानासाना चाैडाइकाे बाटाेकाे लागि पनि इजाजत दिइयाे र खोला किनारा र राजकुलाका आडमा किनिएका जमिन सँग जग्गा जमिनको व्यापार गर्ने हरुको आँखा लाग्यो।

 

भूमाफियाको नियोजित रुचिमा जग्गाको भाउ बढाउन खोलामा ह्युम पाइप हाल्ने र माथी बाटो बनाउने कार्यको योजनाकार बने मिठाराम। त्यसबेला नै वस्ती विकास र इञ्जिनियरिङ्गको भाषा नबुझ्ने र सुझबुझ बिनाको व्यक्तिले अहिले आएर स्रोत परिचालन र व्यवस्थापन राम्रोसँग गर्न सक्छ भनेर प्रचार गर्न्नु स्थानियलाई दिग्भ्रमित गर्नु सिवाय केहि होइन। ५४ सालको सोचले अबको स्थानीय सरकारको ठुलो जिम्मेवारीलाई सम्हाल्न सक्ने स्थिति छैन। ठुला योजना निर्माण, स्रोत परिचालन कार्यान्वन तथा मुल्याङ्गकन जस्ता कार्य गर्न बौद्धिक व्यक्तिको खाँचो पर्छ। राजनीतिमा पढेलेखेका व्यक्तिको खोजि भैरहेको अहिलेको अवस्थामा मिठारामजस्ता उमेद्वारहरु लाई पार्टी पंक्तिबाट प्राप्त सहयोगले मात्र चुनाव जिताउन सम्भव देखिदैन।

 

मिठारामजस्ता “टेस्टेड एण्ड फेलियर” को ठाउँमा नेपाली कांग्रेसका विनोद चालिसेजस्तो नयाँ अनुहार, नविन जोश र सोचका साथ उभिएका उमेद्वारलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहेको आम स्थानीय बासिहरु को मत देखिन्छ। बूढानीलकण्ठ नगरपालिका भित्र अनैतिक र गैरकानुनि कार्यको सिलसिला यहीं रोकिएको छैन। अधिकांस वाडमा नेकपा एमालेका वाड अध्यक्ष रहेको यस नगरपालीकामा सार्वजनिक सम्पतिको दोहन, आफ्ना आसेपासे ठेकेदारलाई निर्माणको काम सुम्पिएर चरम भ्रस्टाचार जस्ता कार्यको सूची लामै छ। अति नै कमसल निर्माण सामग्री प्रयोग र चरम लापरवाहीले गर्दा एउटै बाटो पटक पटक भात्निने र मर्मत गरिरहनु पर्ने अवस्था सिर्जना भए।

 

नेकपा एमालेको नेतृत्वमा आफ्नो पन्च वर्षीय योजनाको रुपमा सारिएको घोषणापत्रमा सबै नेपाल सरकारका कार्यक्रमहरु उल्लेख गरिएको र नगर विकासका ठोस योजना नै नभएको स्थानीयहरु को मत छ। नेकपा एमालेका अहिलेका मेयर उद्दव खरेलको कार्यकालमा सबैभन्दा धेरै बेरुजु देखिएको र अख्तियारमा निकै उजुरी परेको तथ्याङ्गक रहेको छ। बूढानीलाकण्ठ नगरपालीका वडा नं. १३ चुनिखेलको डाँडामा क्रासर चलाएर गैरकानुनि रुपमा ४० डिग्रीभन्दा माथी डाँडा कटानजस्तो कार्य नेकपा एमालेकै वडा प्रमुख श्री कृष्ण श्रेष्ठको कार्यकालमा भयो। त्यति मात्र होइन नक्शा पास नगरी हाउजिङ्ग बनाउन दिएको र त्यस क्रममा सार्वजनिक जग्गापनि मिच्न खुलेआम छोडिदिनेजस्तो गैरकानुनी कार्य १ नं. वाडामा भएको स्थानियहरु बताउँछन्। त्यहि हाउजिङ्ग निर्माण गर्न मेयर कै छोरा-भतिजले सामान आपूर्ति गरेको तथ्यले नेकपा एमालेका वाडा अध्यक्ष सहित मेयर उद्दव खरेलको संग्लाग्नतापनि छर्लंग छ। कपनको डुबानको कै जड मानिने मिठाराम अधिकारीले बाँढेका सार्वजनिक जग्गाको लेखाजोखा त नेपाल सरकारसँग पनि नभएको जानकारहरु बताउँछन्।

 

केहि दिन अघि सम्पन्न एक प्रेस मिटमा पुर्व वडा अध्यक्ष मिठाराम अधिकारीले आफुले नदिमा ढल हालेको कुरा स्वीकार गर्दै त्यसलाई सहि ठहर्याउन खोजेका थिए। अधिकारीले पुरानो बूढानीलकण्ठको नक्सा नै परिवर्तन गरिदिएको स्थानियहरु बताउँछन्। उनले पहिले रहेका बालुवाका ढिस्काहरु भासेर कपन डुबाएको स्थानियहरु अहिलेपनि गुनासो गरिरहनछन्। साथै उद्दव खरेल मेयरको कार्यकालमा सार्वजनिक जग्गा बाँढ्ने कार्यपनि निसंकोच भए। उनले बूढानीलकण्ठ नगरपालीका वडा नं. २ मा नेपाल कम्युनिस्ट पार्टीसँग निकट परिवर्तन खबर नामको एउटा अनलाइन पोर्टललाई जग्गा लिजमा दिन लाग्दा केहि विरोधका स्वरहरु र प्रतिवादले गर्दा पछि हट्नु परेको थियो। तर कसैले थाहा नपाउनेगरि त्यस्ता अनैतिक र गैरकानुनि कार्य कति भएहोला भन्ने लेखाजोखा राखेर नसकिने देखिन्छ।

काँग्रेस फर्के रविन अधिकारी !

Previous article

केे तपाइँले उम्मेदवारहरूलाइ “तिम्रा ग्रीन अजेन्डा के छ?” भनेर साेध्नु भयाे ?

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *