वाग्मती टुडेकाे सामाजिक सन्जालबाट गरिएकाे एक सर्वेक्षणमा बुढानिलकण्ठकाे मेयरमा धेरैले सुमित खरेललाइ रूचाएकाे देखिएकाे छ । हामीले गरेकाे सर्वेक्षणमा भाग लिएका १९४ जना सहभागिले लाैराे चिन्ह लिएका स्वतन्त्र उम्मेदवार सुमितले १०२ मत पाएर पहिलाे भए भने काँग्रेस उम्मेदवार विनाेद चालिसे ७१ मत ल्याएर दाेस्राे भएका थिए । त्यसैगरी एकिकृत समाजवादी पार्टीका बालकृष्ण श्रेष्ठले १३ मत पाए भने एमालेका मिठाराम अधिकारीले जम्मा ५ मत पाए ।
कम शैक्षिक याेग्यताका कारण मिडियामा धेरै आलाेचना खपेका अधिकारीले ५ मतमात्र प्राप्त गरेकाे तथ्यांक आफैमा चकित बनाउने छ । सर्वेक्षणमा विवेकशील साझाकी उर्मिला भुर्तेलले ३ मत पाइन् भने माओवादी केन्द्रका डम्बर अधिकारीले एक मत पाएनन् ।
एकहप्ता अघि गरिएकाे यस्तै सर्वेक्षणमा पनि स्वतन्त्र उम्मेदवार सुमित खरेलले नै सबैलाइ उछिनेका थिए भने उनलाइ काँग्रेस उम्मेदवारले पछ्याएका थिए ।
Comments