५ वर्ष अघि स्थानीय तह चुनावमा रविन अधिकारीकाे अर्काे पहिचान र परिचय थियाे । रविन अधिकारी माओवादी केन्द्रबाट चुनावी मैदानमा मेयरका उम्मेदवार थिए । उनकाे गडगडाहट र रवाफले लाग्थ्याे ठूलै भुकम्प आउँछ । परीणाममा एमालेले बुढानिलकण्ठ नगरपालिकामा विजय हाशील गरे पनि अधिकारीकाे गडगडाहटमा काँग्रेसी उम्मेदवार राजु श्रेष्ठकाे नैया डुब्न भने सजिलाे भएकाे थियाे । रविन अधिकारीलाइ २००० हाराहारी व्यक्तिगत भाेट पाएका अनुमान गरिएकाे थियाे जसमा ९० प्रतिशत काँग्रेसकै भाेट थियाे ।
स्थानीय तह चुनावपछि अधिकारीकाे पार्टी एमालेमा विलय भयाे । उनी बुढानिलकण्ठ नगरपालिकाकाे मेयरकाे सल्लाहकारमा नियुक्त भए । उनले के सल्लाह दिए अनि मेयर उद्धव खरेल के सल्लाह लिए त्याे सतहमा देख्न नपाउँदै एमालेमा विलय भएकाे पार्टी फेरि ब्युँतियाे । त्यही ताका अधिकारी एमालेमै जान लागेकाे निश्चित प्रायः मानिएकाे थियाे । थुप्रै सेटिङका हल्लाहरू चले पनि उनी एमाले हुन सकेका थिएनन् । तर कमजाेर भएर मर्न लागेकाे जनवारझैँ भएकाे माओवादी केन्द्रमा उनी त्यति सक्रिय देखिएनन् । उनकाे उपस्थिति र औचित्य देखिन छाडेकाे अबस्थामा एकाएक माओवादी केन्द्रकाे क्षेत्र नं ४ प्रदेश ख काे संयाेजक भएकाे स्थानीय संचार माध्यमले खबर लेखेकाे देखियाे । सबै रविन अधिकारीले याे कमजाेर पद लिएकाेमा धेरैले गिल्ला पनि गरे । उनले याे पदमा बसेर के काम गरे के गरेनन् त्याे देख्न पाइएन । स्थानीय चुनावकाे हल्लाखल्लामा वा टिकट वितरणमा पनि उनकाे खासै उपस्थिति देख्न पाइएन ।
चुनावी माहाैल आयाे, उनलाइ माओवादी केन्द्रकाे मनाेनयनपत्र दाखिलादेखि अन्य कतिपय मञ्चमा सक्रिय देख्न पाइएन । धेरैले अधिकारी एमाले बन्ने तयारीमा रहेकाे बताउँदै आएका थिए । चुनावकाे प्रचारप्रसार उत्कर्षमा पुगिरहेकाे बेला उनले केही आफू सर्मर्थक स्थानीय नेता कार्यकर्तासहित आफूले माओवादी केन्द्रबाट राजिनामा दिएकाे प्रचार गरे । उनीसँगै धेरैजनाले पार्टी छाडेकाे बताइए पनि त्याे राजिनामा पत्र बुझाइएकाे थियाे वा स्टन्टमात्र हाे केही थाहा हुन सकेकाे थिएन ।
पार्टीबाट राजिनामा दिएकाे भनिएका अधिकारीले एमाले उम्मेदवार मिठाराम अधिकारीलाइ भित्रभित्रै भाेट मागिरहेकाे हल्ला चलिरहेकाे थियाे । केही पूर्व वडाध्यक्षलाइ जिताउने भित्रभित्र सेटिङ गरिरहेकाे पनि सुनिन थालिएकाे थियाे ।
यसैबीच स्थानीय चुनावकाे प्रचारप्रसारकाे अन्तिम सभामा रविन अधिकारी केही अरू साथीसँगै काँग्रेस प्रवेश गरे । धेरैले साेचेकाे तर कतिलाइ पत्यार नलागेकाे कुरा रविन अधिकारी नेका महामन्त्री गगन थापाकाे हातबाट टीका लगाएर काँग्रेस प्रवेश गरे । यसअघि पार्टी छाडेकाेमा उनले दुख व्यक्त गरे भने अब यस्ताे गल्ती नहुने पनि बताए ।
रविन अधिकारी ०७९ बैशाख ३० गते हुने स्थानीय तह चुनावअन्तर्गत मतदान हुने ३ दिन अघि किन काँग्रेस भए ? के का लागि काँग्रेस भए ? किन काँग्रेस छाडेर माओवादी भएका थिए ? यस्ता धेरै प्रश्नकाे उत्तर समयले बताउँदै जाला ।
स्वभावले काँग्रेसजस्तै व्यक्ति हुन रविन अधिकारी । अझ काँग्रेसभन्दा पनि पूर्वपन्चझैँ स्वभाव देखिन्छ उनमा । यस्ता मान्छे १५ वर्ष कसरी माओवादीमा टिके हाेलान् ? भन्ने प्रश्न पनि आफैमा पेचिलाे छ । विचलित राजनीतिकाे प्रतिकझैँ बनेका अधिकारीले काँग्रेसमा के पाउलान् ? उनले के आशा राखेकाे हाेलान् ? भन्ने प्रश्न सबैलाइ लागिरहेकाे छ । तथापि काँग्रेस स्वयम् लाइ भने अधिकारी आउँदा वा नहुँदा केही फरक महशुस हाेला त ?
Comments