नेपाली राजनीतिले अझै युवा र शिक्षितलाइ सम्बाेधन गरेकाे देखिदैन । मुखमा जति नै युवा र शिक्षितका कुरा वा भाषण गरे पनि दलहरू पन्चायतकालीन साेच जस्ताकाे त्यस्तै छ । लामाे समय राजनीतिमा सक्रिय भएकाे, पार्टीलाइ पैसा दिएकाे, ठूलाे नेताकाे छत्रछायाँका मान्छेनै अहिले पनि पार्टी पङ्तिदेखि बिभिन्न लाभका पदमा सुरक्षित रहने गरेकाे पाइन्छ ।
याे विषयकाे ज्वलन्त उदाहरण काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिका भएकाे छ । यस नगरपालिकामा नेकपा एमालेले दिएकाे उम्मेदवार यतिखेर चर्चाकाे विषय बनेका छन्। पूर्व गाविस अध्यक्षसमेत रहेका मिठाराम अधिकारीलाइ एमालेले २५ वर्षपछि नगरकाे मेयरमा उठाएपछि अधिकारीकाे ल्याकत ताकत अनि याेग्यताकाे विषय सतहमा गालीगलाैजकाे विषय बनेकाे छ । ८ ९ कक्षा पढेका अधिकारीलाइ किन उम्मेदवार बनाइयाे भन्ने विषयसँग एमालेले कुनै शिक्षित व्यक्ति नपाएर/नपाएर हाे कि वा अरू कुनै इन्ट्रेस्टका कारण हाे भन्ने विषय मतदाताकाे घरघरमा पुगेकाे छ ।
केही साे पार्टी व्यक्तिहरू यसरी शिक्षाकाे विषय उठाउनै नहुने भन्दैफ मिठराम अधिकारी मेयरका लागि सर्बथा याेग्य व्यक्ति भएकाे भनेर पक्षमा वकालत पनि गरिरहेका छन् । तर बाेल्नुपर्ने वर्ग भने माैन नै छ । सूर्यका लागि भाेट हाल्ने हाे, व्यक्ति हाम्राे मतलबकाे कुरा हैन भनेर उनीहरू माैन छन् । याे माैनताभित्र कताकता माैन बिद्राेहकाे सम्भावना पनि देख्न सकिन्छ भने कतिपय अबस्थामा पार्टी वा चिन्हभन्दा माथि जान नसकिने दासत्वबाेध पनि देख्न सकिन्छ ।
अधिकारीलाइ मेयरमा उठाउनुकाे पछाडि उनका कुनै महत्वपूर्ण काम देखिदैन । उनीसँगै गाविस अध्यक्ष भएका कुसुम कार्की, उद्धव खरेल तथा बालकृष्ण श्रेष्ठले आफ्नाे तत्कालिन गाविसलाइ सहरी विकासकाे ढाँचामा लगेका थिए भने अधिकारीका कारण कपनचाहिँ बिनाश भएकाे थियाे । तथापि अधिकारी भने आफुले कपनलाइ जापान बनाएकाे भन्ने गर्छन् । उनले कपनलाइ जापान बनाएकाे कुरामा उनकाे पार्टी विश्वस्त भएकाे पनि हुनसक्छ वा एमालेभित्रकाे आन्तरिक अन्तर्संघर्षका बाछिटाले पनि हुनसक्छ उनी मेयरका उम्मेदवार भएर विभुषित भएका छन् ।
विषयकाे चुराे कुरा केहाे भने एमाले शिक्षित र युवाका विषयलाइ कुरामा धेरै महत्व दिन्छ तर काममा अशिक्षित र बुढालाइ फाेकस गर्छ ।याे त्यही पार्टी हाे जसले ०७४ काे चुनावमा आफ्ना उम्मेदवार उद्धव खरेल जाे शिक्षक र पढे लेखेकाे थिए । उनका पक्षमा कलम र तरबार भनेर चुनावी मुद्धामा उत्रिएकाे थियाे । कलम भनेकाे आफ्नाे उम्मेदवार उद्धव खरेल र तलबार भनेकाे काँग्रेसका राजु श्रेष्ठ र माओवादीका राजु श्रेष्ठ । ५ वर्षपछि त्यही पार्टीले पढेलेखेका उद्धव खरेललाइ टिकट नदिएर अन्डर एसएलसि मिठराम अधिकारीलाइ टिकट दियाे जबकी उनका विपक्षमा रहेका काँग्रेसकाे उम्मेदवारले स्नातकाेत्तर र समाजवादीका उम्मेदवारले स्नातक पास गरेका छन् ।
याे त बुढानिलकण्ठभित्रकाे एउटा पार्टीकाे उदाहरणमात्र हाे । देशैभरका उम्मेदवारहरूकाे सूचि हेर्याे भने सबैले पार्टीले पहिलाे प्राथमिकतामा युवा र शिक्षितलाइ पारेका छैनन् ।
Comments