स्थानीय

बुढानिलकण्ठ काँग्रेसबीच अभुतपूर्व एकता, विनाेद चालिसेकाे चाैतर्फि लहर !

0

भ्रष्टाचाररहित एवम् सुशासनयुक्त बुढानिलकण्ठकाे याेजनासहित चुनावी माहाैलमा उत्रिएकाे नेपाली काँग्रेसकाे चाैतर्फि लहर देखिएकाे छ । उम्मेदवारसहित चुनावी मैदानमा उत्रनेबित्तिकै काँग्रेसबीच अभूतपूर्व एकता पनि देखिएकाे । काँग्रेसबाट मेयरका आकांक्षीहरू जिम्मेवारी लिएर  काँग्रेस जिताउने हिँडेका छन् भने अभूतपूर्व एकताकाे सन्देशले कार्यकर्तामा व्यापक उत्साह देखिएकाे छ ।

 

“व्यवस्थित सहर, जीवन्त नगर, समुन्नत बुढानीलकण्ठ, हाम्रो रहर” नारासहित घोषणापत्र सार्वजनिक गरेका मेयरका उम्मेदवार विनोद चालिसेका पक्षमा समाजका सबै तहतप्का मरिहत्ते गरेर मैदानमा उत्रिएका छन् ।  मेयरका उम्मेदवार चालिसेकाे नगर विकासको यात्रामा सबै नगरवासीलाई एकसाथ लिएर अघि बढ्ने गरी प्रतिबद्धतापत्र तथा संकल्पपत्रमा नगरवासी एकिकृत भएका छन् ।  पढेलेखेका तथा बाैद्धिकवर्गका चालिसेले प्रस्तुत गरेको घोषणापत्रमा उनले प्राविधिक कौशल र विषयगत दक्षता स्पष्टरूपमा पस्केका छन् ।

 

नगर व्यवस्थित, सुरक्षित, प्रदुषणरहित, हरियाली र जीवन्त नगर बनाउने चालिसेको चाहना छ । बुढानीलकण्ठलाई बस्नलायक सहरमात्रै नभए घुम्नलायक, नमुना सहर बनाउन दृढ संकल्प मेयरका उम्मेदवार चालिसेले बोकेका छन् । बितेका ५ वर्ष सार्वजनिक सम्पत्तिको दोहन, विकृति, विसंगति मौलाएकोमा उनी निकै चिन्तित छन् । प्रतिपक्षमा रहेर नेपाली कांग्रेसले स्थानीय सरकारलाई काम गर्ने अवसर दिँदादिँदै पनि नगरपालिकाले भ्रष्टाचार, विकृति, विसंगतिलाई मलजल गरेको र पटकपटक सचेत बनाउने काम भएको बताउँछन् ।

 

 

 



“सुशासनयुक्त र भष्ट्राचारमुक्त वडा बनाउँनेछाैँ”: सुनित चालिसे

Previous article

मुखमा “शिक्षित युवा”, काममा “अन्डर एसएलसी बुढा” !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *