स्थानीय

“सुशासनयुक्त र भष्ट्राचारमुक्त वडा बनाउँनेछाैँ”: सुनित चालिसे

0

बुढानिलकण्ठ वडा नं १२ मा नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार सुनित चालिसेले जनताले सुशासनयुक्त र भ्रष्टाचारमुक्त वडाका लागि काँग्रेसलाइ मत हाल्ने जनाएका छन् । प्रचारप्रसार गर्ने अन्तिम दिन वाग्मती टुडेसँग संक्षिप्त कुरा गर्दै चालिसले विगत पाँचवर्षमा वडा नं १२ का जनताले जनप्रतिनिधिमार्फत भ्रष्टाचार, अनियमितता र विसंगतिमात्र अनुभूति गरेकाले त्याे पार्टीलाइ हराउनैका लागि पनि काँग्रेस खाेजिरहेकाे बताए ।

“हामीले जनताकाे घरदैलाेमा पुगेर पारदर्शी एवम् लाेकतान्त्रिक पद्धतिबाट वडालाइ चलाउने हिसाबले सुशासनलाइ सहज र सरल बनाउन प्रतिबद्धता जनाएका छाैँ ।” चालिसेले भने “जनतालाइ साना साना कुरामा दुख भैरहेकाेछ ती दुखलाइ सहज निवारण गर्न चाहन्छाैँ । हिजाेकाे जनप्रतिनिधिले सानासाना कुराले जनतालाइ सुखी र खुशी बनाउँन सकिन्छ भन्ने बुझ्न सकेनन् ।”

प्रचारप्रसारकाे अन्तिम दिन व्यक्तिगत तथा सामुहिक भेटमा व्यस्त रहने बताउँदै चालिसेले अन्तिम चुनावी आमसभा पनि रहेकाेले त्यसकाे तयारीमा जुटेकाे बताए । चुनाव आफ्नाे पक्षमा आउनेमा ढुक्क रहेका चालिसेले आचारसंहिता लाग्ने ७२ घण्टामा हुने बिभिन्न व्यक्तिगत प्रलाेभनका घटनालाइ निस्तेज गर्न सक्रिय रहने पनि बताए ।

विगतका वडाध्यक्षका व्यक्तिगत आचरणदेखि राजनीति र लाभका पदहरूमासमेत परिवारवाद हावी भनेर व्यापक आलाेचना भैरहेकाे बेला वडा नं १२ ले नयाँ जनप्रतिनिधि छान्ने भनेर चर्चा भैरहेकाे बेला यस वडामा काँग्रेसबाट चालिसे र समाजवादीले पुरूषाेत्तम नेपाललाइ वडाध्यक्षकाे उम्मेदवार बनाएकाे छ । नेकपा एमालेले भने बिभिन्न आराेप लागेका साविक वडाध्यक्ष शम्भु भट्टराइलाइ नै वडाध्यक्षकाे उम्मेदवार बनाएकाे छ ।

“वडा नं १२ मा समाजवादीकाे सुदृढ माहाैल बनेकाे छ” -पुरूषाेत्तम नेपाल

Previous article

बुढानिलकण्ठ काँग्रेसबीच अभुतपूर्व एकता, विनाेद चालिसेकाे चाैतर्फि लहर !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *