नेकपा समाजवादीकातर्फबाट बुढानिलकण्ठ १२ मा वडाध्यक्ष उम्मेदवार बनेका पुरूषाेत्तम नेपालले आफ्नाे वडामा पार्टीकाे अत्यन्त सुदृढ माहाैल बनेकाे बताएका छन् । साविक जनप्रतिनिधिसमेत रहेका नेपालले भने, हाम्राे बढ्दाे र शक्तिशाली ताकतसँग डराएकाहरू बिबिध अफवाह फैलाउन लागेकाे बताउँदै वडा नं १२ मा समाजवादीले जित्ने दावी गरे । बाग्मती टुडेसँग संक्षिप्त कुराकानी गर्दै नेपालले नगरपालिका मेयर उपमेयरदेखि केही वडामा जीतका शक्तिशाली माहाैल बनेकाे बताए ।
समाजवादीकाे संगठनमा राम्रा, सक्रिय, सृजनशील नेता कार्यकर्ता भएका कारण जनताले साथ दिँदै गएकाले दुखी भएकाहरू बिभिन्न अफवाह फैलाएर झुटकाे राजनीतिक गर्दै मतदाता भड्काउनेहरूसँग् सचेत बनेर हिँडिरहेकाे बताए । “हिजाे सत्ता र शक्तिमा बसेर तर मार्नेहरू सत्तामा पुग्न पाइँदैन कि भनेर बिभिन्न झुट एवम् भ्रमकाे खेतितिर लागेका छन् तर ती सहजै परास्त हुनेछन्” नेपालले भने ।
एकाएक वडा नं १२ मा उम्मेदवारहरू किनिएकाे भनेर हल्ला चलेपछि वाग्मती टुडेसँगकाे संक्षिप्त कुराकानी गर्दै नेपालले कुनै पनि खाले झुट तथा अफवाहपछि नलाग्न सबैलाइ आग्रह गरेका छन् ।
Comments