साहित्य

१९ औँ बिडी त्यागी सम्मान अर्पण

0

१९ औँ बीडी त्यागी स्मृति दिवस सम्मान भएकाे छ । बैशाख २६ गते  बीडी त्यागी स्मृति केन्द्रले  गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाइ नेपथ्य सम्मान २०७९ प्रदान गरेकाे हाे । केन्द्रले साहित्यकार सन्तोष कुमार पोखरेललाई बीडी त्यागी स्मृति सम्मान २०७९ प्रदान गरेकाे छ भने साहित्यकार इल्या भट्टराईलाई एक सय एक रुपैयाँको सिक्का रहेको थैली सहित बीडी त्यागी स्मृति पुरस्कार २०७९ प्रदान गरेकाे छ ।
साहित्यकार ओमकुमारी बन्जारालाई प्रतिभा सम्मान २०७९, पत्रकार तथा साहित्यकार गान्धीराज काफ्लेलाई योगदान सम्मान २०७९  र साहित्यकारहरु किशोर श्रेष्ठ र प्रवीण कटवाललाई गत वर्षको योगदान सम्मान प्रदान गरेकाे थियो ।
हरेक  वर्ष केन्द्रले बीडी त्यागी स्मृति दिवसमा सम्मान पुरस्कार अर्पण गर्दै आएकाे छ । साेमवार वरिष्ठ उपन्यासकार शंकर भारतीकाे सभापतित्वमा भएकाे सम्मान कार्यक्रममा  सम्मानितहरूलाइ वरिष्ठ साहित्यकार गङ्गा पौडेलले टीका,वरिष्ठ साहित्यकार विजय चालिसेले खादा लगाइ दिएका थिए । सम्मानितहरूलाइ संस्थाका अध्यक्ष कृष्ण आचार्यले थैली र संरक्षक गौरी आचार्यले सम्मान पत्र प्रदान गरेका थिए  ।
कार्यक्रममा कवि ओमप्रसाद कोइरालाको ‘आफ्नै डम्फु’ कविता सङ्ग्रहको विमाेचन गरिएकाे थियाे ।  कृतिलाइ सम्मानित प्रतिभाहरुसहित सभापति, संरक्षक, वरिष्ठ साहित्यकारहरु विजय चालिसे, वेदमणि घिमिरे, कृतिकार ओमप्रसाद कोइरालाले संयुक्त रुपमा विमोचन गरेका थिए  । विमोचित कृतिमा वरिष्ठ साहित्यकार प्रयागराज वाशिष्ठले समिक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा  साहित्यकारहरु महेन्द्र चालिसे, मन्जुश्री प्रधान, डा मधुसुदन घिमिरे, डा गीता खरेल, हेम पौडेल, दुर्गा अधिकारी भमरकोटे, ढुण्डीराज पोखरेल, भुवन शिवाकोटी चौघरे, राजबाबु श्रेष्ठ सागर, विक्रम श्रेष्ठ सागर, विष्णु ओली, शेषमणि भट्टराई लगायतका साहित्यकारकाे उपस्थिति रहेकाे थियाे ।

वडा नं. १ वासी काँग्रेस जिताउन कस्सिए

Previous article

“वडा नं १२ मा समाजवादीकाे सुदृढ माहाैल बनेकाे छ” -पुरूषाेत्तम नेपाल

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *