स्थानीय

वडा नं. १ वासी काँग्रेस जिताउन कस्सिए

0

वुढानिलकण्ठ नगरपालिका अन्तर्गत वडा नं १  विगत ५ वर्षमा सबैभन्दा धेरै सार्वजनिक जमिनकाे दुरूपयाेग भएकाे वडाकाे रूपमा लिइन्छ । दर्जनाैँ राेपनी जग्गा बिबिध नाममा यस वडामा दुरूपयाेग भएकाे देखिन्छ । प्लटिङ तथा भुमाफियासँग् मिलेर जनप्रतिनिधिले गरेकाे अनियमित कामबाट आजीत वडावासी काँग्रेस उम्मेदवार जिताउन कस्सिएका छन् ।

विगतमा जनप्रतिनिधिले गरेकाे भष्ट्राचार, अनियमितता तथा विसंगतिबाट आजीत जनता काँग्रेसप्रति आकर्षित भएका छन् । उनीहरू काँग्रेस उम्मेदवारबाट भ्रष्टाचार, अनियमितता तथा विसंगति नहुने वचन मागिरहेका छन्  । सुशासनदेखि पूर्वाधार विकासमा विगतमा भएका भ्रष्टाचार विरूद्ध हामी यसपटक काँग्रेसलाइ सघाउने तयारीमा छाैँ, स्थानीयवासी विष्ण् खड्काले बताए । वडावासी यसपटक जनप्रतिनिधिकाे अनुहार फेर्ने तयारीमा रहेकाे बताउँदै  उनले भने, ‘भष्ट्राचार नगर्ने वडाध्यक्ष हामीलाइ चाहिएकाे छ । काँग्रेसका उम्मेदवारबाट त्याे अनियमितता, भ्रष्टाचार नहुने आशा गरेकाे बताउँदै उनले पुरानै अनुहारलाइ दाेहाेर्याउने हाे भने वडा नं १ बस्नलायक नरहने उनकाे भनाइ छ ।’

काँग्रेसले यस वडामा स्थानीय पाका नेता उत्तम खड्कालाइ उम्मेदेवार बनाएकाे छ । खड्काले, ‘जनचाहना, जनभावनाअनुरूप बिधिकाे शासनका लागि हामी लडिरहेका छाैँ । जनता यसपाला काँग्रेसकाे एजेन्डामा आफूसँग समाहित भैरहेकाे उनले बताए ।’ यस वडामा काँग्रेसबाट उत्तम खड्कासहित एमालेबाट सुरेन्द्र लामा र समाजवादीबाट श्याम वाइवा चुनावी मैदानमा छन् ।

चर्चामा बुढानिलकण्ठका एमाले उम्मेदवार अधिकारीकाे शैक्षिक याेग्यता !

Previous article

१९ औँ बिडी त्यागी सम्मान अर्पण

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *