स्थानीय

चर्चामा बुढानिलकण्ठका एमाले उम्मेदवार अधिकारीकाे शैक्षिक याेग्यता !

0

मतदानकाे मिति नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार यतिखेर उत्सर्गमा छ । चुनावी माहाैल उत्सर्गमा पुगेकाे बेला उम्मेदवारहरूकाे गुणदाेषका बारे पनि टिप्पणी हुन थालेका छन् । उम्मेदवारकाे व्यक्तिगत आचरण, नैतिकतादेखि उसकाे शैक्षिकयाेग्यतासम्मकाे विषयलाइ जीतहारकाे लेबलसम्म पुर्याउन सकिने विषय मानिन्छन् । काठमाडाैँ महानगरमा एमाले उम्मेदवार केशव स्थापितकाे महिलासँगकाे सम्बन्धका आधारमा चारित्रिक विषयले यतिखेर उनलाइ चुनावी मैदान असजिलाे भैरहेकाे छ । त्यसैगरी टाेखा नगरपालिकामा एमाले उम्मेदवार प्रकाश अधिकारीकाे सहरकारी ठगी विषयले उनलाइ चुनावी मैदानमा गाराे भएकाे छ ।

यता बुढानिलकण्ठ नगरपालिकामा पनि एमाले मेयर उम्मेदवार मिठाराम अधिकारीकाे शैक्षिक याेग्यताकाे विषय यतिखेर विपक्षीहरूलाइ चुनावी मुद्धा भएकाे छ । अधिकारीकाे शैक्षिक याेग्यता ८ कक्षा पास भएकाे बताइए पनि उनीसँग टेस्ट पासकाे प्रमाणपत्र भएकाे बताइन्छ । काठमाडाैँकाे शक्तिशाली नगरमध्ये एक नगरपालिकामा शैक्षिक याेग्यता नै नभएकाे मान्छे कसरी मेयर बनाउन सकिन्छ भनेर चाैतर्फि चर्चा परिचर्चा र आलाेचना पनि भएकाे छ । कपन गाविसका पूर्व अध्यक्षसमेत रहेका अधिकारीलाइ चुनावी मैदानमा अन्तर्वार्ता तथा भाषण गर्न पनि बन्देज लगाइएकाे छ । यसकाे कारण उनले सही कुरा गर्न सक्दैनन् भन्ने पार्टीकाे ठम्याइ भएकाले उनलाइ बाेल्न बन्देज लगाइएकाे बताइन्छ ।

डिजिटल युगमा स्मार्ट नगरकाे परिकल्पना भैरहेकाेबेला १० कक्षासम्म पनि नपढेकाे ६० काटीसकेका मान्छेलाइ मेयर बनाउँदा नगरकाे विकास सुन्य हुनेछ भनेर जनताहरूले अभिमत प्रकट गरिरहेका छन् । एमालेभित्र पनि उनकाे शैक्षिक याेग्यताका विषयमा वेखुशी भएर चुनावमा निष्क्रिय हुनेहरू देखिएका छन् ।  बुढानिलकण्ठवासी जनताका सामाजिक सन्जाल केलाउने हाे भने शिक्षित र युवालाइ मेयर बनाउनु पर्ने माग बढी भएकाे पाइन्छ । यस्ताे बेला एमालेले १० कक्षासम्म पास नगरेकाे मान्छेलाइ टिकट दिएर जनताप्रति पनि अवहेलना गरेकाे भनेर सामाजिकसन्जाल रंगिएका छन् । अधिकारीलाइ एमाले नेता डा राजन भट्टराइकाे इन्ट्रेस्टमा ल्याइएकाे भन्दै भट्टराइकाे छनाैटप्रति पनि प्रश्नचिन्हहरू उठिरहेकाे छ।

बुढानिलकण्ठकाे मेयर पदका लागि मिठाराम अधिकारीका समकक्षी दलहरूले भने शिक्षितहरूलाइ नै टिकट दिएका छन् । काँग्रेस उम्मेदवार विनाेद चालिसे(एमए, बिएड), समाजवादीका बालकृष्ण श्रेष्ठ(बिए), माओवादी केन्द्रका डम्बर अधिकारी(आइए), स्वतन्त्र सुमित खरेल(बिए), विवेकशील साझाकी उर्मिला भुर्तेल(बिए) तथा राप्रपाकी निना भेटवाल(आइए) सबै नै शिक्षित काेटीका उम्मेदवार हुन् ।

वडा नं १२ मा जीत सुनिश्चित गर्दै काँग्रेस

Previous article

वडा नं. १ वासी काँग्रेस जिताउन कस्सिए

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *