मुख्य समाचारस्थानीय

वडा नं १२ मा जीत सुनिश्चित गर्दै काँग्रेस

0

बुढानिलकण्ठकाे कपन क्षेत्र २५ वर्षदेखि जनप्रतिनिधिकाे कमजाेर कामकाे शिकार हुँदै आएकाे छ । ०५४ देखि जनप्रतिनिधिकाे गलत कामकाे शिकारका कारण यतिखेर कपन एकझर पानीमा डुब्ने गरेकाे हाे । ५ वर्षअघि आएकाे स्थानीय सरकारले डुबानजस्ताे विषयमा सिन्काे नभाँचेपछि नागरीकहरू वडाकाे नेतृत्व परिवर्तनकाे  गर्ने मुडमा पुगेकाे बताइन्छ  ।

०५४ देखि एउटै पार्टी(एमाले) ले हालीमुहाली गर्दा समस्या घट्नुकाे सट्दा बढ्दै गएकाे हुँदा अब काँग्रेसलाइ जिताएर समस्याकाे समाधानमा लाग्नु पर्नेमा स्थानीयवासी एकमत भएका छन् । कपनमा पर्ने वडा नं १२ मा विगतका जनप्रतिनिधिकाे किंकर्तव्यविमुढ कृयाकलाप तथा अनियमितता र भ्रष्टाचारका कारण डुबानदेखि सुशासन र पूर्वाधार विकासमासमेत ठूलाे कमजाेरी देखिएकाले अब काँग्रेसका उम्मेदवारलाइ जिताउन वडावासीहरू एकमत देखिएका हुन् ।

नेकपा एमालेले भ्रष्टाचार, अनियमितता, परिवारवाद आदिबाट आलाेचित वडाध्यक्ष शम्भु भट्टराइलाइ नै टिकट दिएपछि जनता रूष्ट देखिएका छन् । नेपाली काँग्रेसले इकाइ सभापतिसमेत रहेका सुनित चालिसेलाइ वडाध्यक्ष पदकाे टिकट दिएकाे छ । यस वडामा समाजवादीकाे पार्टिकाे पनि राम्राे जनाधार रहेकाे छ । समाजवादीले हाल गाविसमा लेखा समितिकाे संयाेजक रहेका पुरूषाेत्तम नेपाललाइ वडाध्यक्षकाे रूपमा उम्मेदवार बनाएकाे छ ।

सुनित चालिसे तथा उनकाे टिमलाइ जिताउन काँग्रेसबीच पूर्णरूपमा एकता रहेकाे स्थानीयहरूले पनि अनुभूति गरेका छन् । ०७४ सालमा काँग्रेस हार्नुमा काँग्रेसले काँग्रेसलाइ असहयाेग भएकाे कुराकाे पाठ पढेकाे काँग्रेसले याे पटक एकजुट भएर प्रचारप्रसारमा दाैडेकाे छ । साविक वडाध्यक्षबाट आजीत भएका वडावासीले काँग्रेसलाइ अनाैपचारिकरूपमा अनुमाेदन गरिरहेकाे स्थानीय पुरूषाेत्तम काफ्लेले बताए । ५ वर्षमा निकम्मा भएकाे वडाध्यक्षलाइ फेरि टिकट दिएपछि त्याे पार्टीकेा हार निश्चित भएकाे बताउँदै काफ्लेले काँग्रेसले आफू विकासवादी पार्टी भएकाे प्रमाणित गर्नुपर्ने बेला हाे याे । जीत सुनिश्चित भैसकेकाे बताउँदै उनले काँग्रेसलाइ केही गरेर देखाउने चुनाैति र माैका एकैपटक प्राप्त गरेकाे उनले बताए ।

के निम्ति हो, भोट दिने तँलाई ?

Previous article

चर्चामा बुढानिलकण्ठका एमाले उम्मेदवार अधिकारीकाे शैक्षिक याेग्यता !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *