विशेषसाहित्य

के निम्ति हो, भोट दिने तँलाई ?

0

– कविता/कृष्णशरण उपाध्याय
तैंले न उद्योग नयाँ खुलाइस्
न कामधन्दा जन मा दिलाइस्
न देश को कत्ति गरिस् भलाइ
के निम्ति हो , भोट दिने तँलाई ?१
तेरा बुख्याँचा जति उठ्नुपर्ने
भर्याङ बन्दै जन जुट्नुपर्ने
मौका दिलाइस् परिवार लाई
के निम्ति हो , भोट दिने तँलाई ?२
चुनाव बेला कविता सुनाइस्
नाना – थरि स्वप्नहरू बुनाइस्
स्वधर्म – संस्कार दिइस् ढलाई
के निम्ति हो , भोट दिने तँलाई ?३
नेपाल खर्बौं धन माथि बस्छ
तथापि भोको छ र पेट कस्छ
छाड्छस् सबै स्वप्नहरू जलाई
के निम्ति हो , भोट दिने तँलाई ?४
न मार्ग चौडा र खुला बनाइस्
न वाटिका नै गतिला गराइस्
लाजै भयो लौन ! स्वयं मलाई
के निम्ति हो , भोट दिने तँलाई ?५
नेपाल मा आज किसान रुन्छ
घट्टा सरि प्राण पिसान हुन्छ
पर्दैन के ऊ अघि बढ्न लाई ?
के निम्ति हो , भोट दिने तँलाई ?६

सम्पदा संरक्षणमा अब्बल भक्तपुर, पुराना पाेखरीहरूकाे जीवन्त पूनर्निर्माण

Previous article

वडा नं १२ मा जीत सुनिश्चित गर्दै काँग्रेस

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *