विनाेद चालिसे यतिखेर बुढानिलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदमा उम्मेदवार छन् । पार्टी राजनीतिमा सक्रियतासँगै लेखन तथा अध्यापनमा जीवनकाे साँढे ३ दशक बिताएका चालिसे ४६ वर्षका भए । उर्जाशील उमेरमा मेयर पदकाे संघारमा रहेका चालिसेसँग हेर्न, घुम्न र बस्नलायक बुढानिलकण्ठकाे जीवन्त सपना छ ।
नेपाली राजनीतिक सर्वाधिक भराेसायाेग्य पात्र भनेर चिनिएका गगन थापाका प्रिय र निकट चालिसे जति सरल, सहज छन् त्यति नै सृजनशील र रचनात्मक छन् । सहरी विकासकाे एउटा सुन्दर परिकल्पना जहाँ विकासकाे सप्तरङ्ग देख्न पाइयाेस् यस्तै याेजना र प्रतिबद्धता बाेकेर चालिसेले समृद्ध बुढानिलकण्ठकाे सपना सजाएका छन् । त्याे सपना जहाँ जीवन्त नगरकाे चाहना छ ।
जीवन्त भन्ने शब्दमा बुढानिलकण्ठलाइ व्याख्या गर्दा चालिसेले प्रदुषणरहित, हरियाली, सुरक्षित र व्यवस्थित बसाइकाे स्वरूपमा ढाँचा तयार पारेका छन् । बुढानिलकण्ठ नगरलाइ जीवन्त सहरकाे परिकल्पना गर्दा चालिसेले काेरेका सपना र याेजना जनताबाटै आएका भिन्नभिन्न भावनाहरूकाे मूर्तरूप हाे । याे परिल्पनासँग विगत पाँचवर्षमा जनप्रतिनिधिले गरेका बिबिध व्रम्हलुटदेखि जनताकाे आकांक्षा र अपेक्षामाथिकाे तुषारापातका अनगिन्ति र असरल्ल व्यथाहरूका घाउ समेटिएकाे छ । ५ वर्षमा एकथरी जनप्रतिनिधिद्वारा भए गरेका बेथिति र विसंगतिबाट नगरपालिकालाइ उठाउँदै समुन्नत बुढानिलकण्ठकाे सपना र याेजना बाेकेर चालिसेले ठाेस मार्गचित्रकाे बनाएका छन् ।
याे मार्गचित्रमा चालिसेले शुरूमै सरकारीकाे सम्पत्तिकाे दुरूपयाेग र प्राकृतिक श्राेतका दाेहन नगर्ने प्रतिबद्धता व्यक्त गरेर जीवन्त सहरकाे एजेन्डालाइ मूर्तता दिने प्रयास गरेका छन् । प्रतिबद्धतापत्रमार्फत सार्वजनिक परिकल्पनामा मेयर साब् काे सट्टा जनताकाे सेवक बन्ने साेच लेखिएकाे छ । बिधिकाे साशन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायी मेयरकाे परिकल्पनाभित्र नगरकाे भूउपयाेग नीति, सहरी विकास प्राधिकरणको मापदण्डका आधारमा भाैतिक संरचना तथा बिकास निर्माणदेखि खेतीयाेग्य जमिनकाे उचित संरक्षणमा स्थानीयलाइ प्रेरित गरेर कम्तीमा बुढानिलकण्ठकाे तरकारी बुढानिलकण्ठमा भन्ने अवधारणामा कृषि तथा कृषि उपजलाइ प्राथमिकरण गरिनेछ तरकारीमा आत्मनिर्भर बनाउने प्रयास गरिने साेच राखिएकाे छ ।
काँग्रेस उम्मेदवार चालिसेकाे प्रतिबद्धतापत्रमा जीवन्त सहरकाे आधार स्थानीय माैलिक धार्मिक तथा सांस्कृतिक धराेहर, मन्दिर, जात्रा, पर्व, भाषा साहित्य, कला संस्कृतिकाे विकास सम्बर्धन र संरक्षणलाइ प्रभावकारीरूपमा चित्रित गरिएकाे छ । काठमाडाैँ उपत्यकाकाे सभ्यतासँग सानिध्यता राख्ने बुढानिलकण्ठ मन्दिरलाइ धार्मिक वातावरणयुक्त तथा क्षेत्र विकास समितिलाइ पूर्णता दिँदै विश्व सम्पदा सूचिमा राख्ने प्रयासदेखि लिच्छविकालीन वस्ती तथा सम्पदालाइ कंक्रिटरहित परम्परागत माैलिक पहिचानलाइ जीवन्त राख्ने गरी विकसित गरिने विषयलाइ प्राथमिकता दिइएकाे
कवि ह्दयका विनाेद चालिसेकाे प्रतिबद्धतापत्रमा नगरवासीका सुखमा खुशी र दुखमा दुखी हुने मेयरकाे परिकल्पना गरिएकाे छ ।
Comments