मेयरलाइ पदमा उम्मेदवार हुने व्यक्तिकाे शिक्षा के कति हुनु पर्ने वा नभए नि हुने बारेकाे बहश चर्किदाेँ छ । काठमाडाैँकाे बुढानिलकण्ठमा एमाले उम्मेदवार मिठाराम अधिकारीकाे ८ कक्षा पासकाे विषयले यतिखेर बुढानिलकण्ठलगायत आसपासमा ठूलाे चर्चा परिचर्चा छ । पूर्व गाविस अध्यक्षसमेत रहेका अधिकारीलाइ पञ्चायतकालीन उम्मेदवारजस्ताे भनेर सर्वत्र टिप्पणी भैरहेकाे बेला उनलाइ मेयर बनाउन लबिङ गर्ने डा राजन भट्टराइकाे पनि आलाेचना भैरहेकाे छ ।
राजधानी काठमाडाैँकाे नगरपालिकामा ८ कक्षा पास भएका एमाले उम्मेदवारसँगै बाँकी उम्मेदवारहरूकाे शिक्षाकाे पनि परिचर्चा भैरहेकाे छ । एकातिर एमालेका उम्मेदवार ८ पास भनिएकाे छ भने उनकै समकक्षी समाजवादीकाे उम्मेदवार बालकृष्ण श्रेष्ठले स्नातक( बिए पास गरेका छन् । त्यसैगरी माओवादीका डम्बर अधिकारीले आइए पास गरेका छन् ।
काँग्रेस उम्मेदवार विनाेद चालिसे शिक्षाकाे क्षेत्रमा अब्बल देखिएका छन् । उनले दुइ विषय मास्टर(स्नातकाेत्तर) एक विषयमा स्नातक(विएड) गरेका छन् । युवा उमेर(४५)का काँग्रेस उम्मेदवार चालिसेसँगै स्वातन्त्र युवा उम्मेदवार सुमित खरेल स्नातकाेत्तर(एमए) अध्ययनरत छन् । त्यसैगरी विवेकशील साझाकी उर्मिला भुर्तेल पनि स्नातकाेत्तर अध्ययनरत छिन् । राप्रपाकी निना भेटवालले पनि आइएसम्म अध्ययनरत भएकाे बताइन्छ ।
जेएनयुबाट विद्यावारिधी गरेका राजन भट्टराइकाे इन्ट्रेस्टमा उम्मेदवार बनेका मिठराम अधिकारीकाे शिक्षाकाे विषयले भट्टराइमाथि अनेकथरीका प्रश्नचिन्ह उठेका छन् ।
Comments