स्थानीय

डा. राजन भट्टराइलाइ कपनमा “भट्टराइ बन्धुहरू” जिताउन हम्मे !

0

केपि ओली निकट एमाले नेता डा राजन भट्टराइ यतिखेर कपन केन्द्रित छन् । कपनका दूइवडामा भट्टराइ थरका सगाेत्रीय बन्धुहरूलाइ एकपटक फेरि वडाध्यक्षमा जिताउन उनी मेहनत गरिरहेका छन् । उनकाे दाैडधुप देख्दा भट्टराइबन्धुहरू(शम्भु भट्टराइ र नवराज भट्टराइ) काे जीत सजिलाे नभएर हाे कि भन्ने देख्न सकिन्छ । उनकै इन्ट्रेन्सट ०७४ त ०७९ मा टिकट पाएका बन्धुहरुमध्ये वडा नं १२ शम्भु भट्टराइ निकै कमजाेर भएकाे आँकलन गरिएकाे छ । बहुबिबाहदेखि बिभिन्न विषय विवादित तथा अनियमितताका श्रृंखलामा मुछिएकाे वडा नं १२ एमाले उम्मेदवारलाइ जिताउन डा भट्टराइले फेरि एकपटक राेड साे गर्ने भएका छन् ।

यसअघि एउटा घरदैलाेमा दिनभर हिँडिसकेका डा भट्टराइले वडा नं १२ मा एमालेकाे माहाैल बन्न नसकेकाे देखेपछि फेरि एकपटक राेड साे गर्ने निधाे गरेका हुन् । सिन्धुपाल्चाेकवासीनिकट राजनीति गरिरहेकाे आराेप लाग्ने गरेकाे डा भट्टराइले पछिल्ला समय कपन केन्द्रित भएर भट्टराइ बन्धु जिताउन मरिहत्ते गर्दा उनकाे याे आराेप पुष्टि पनि भैरहेकाे छ ।

यसैबीच बैशाख २४ गते वडा नं १० मा नवराज भट्टराइका लागि डा भट्टराइले दिलाेज्यान दिएर घरदैलाे गरिदिएका थिए । धेरै आशा गरिएका युवा उम्मेदवार नवराज भट्टराइले ५ वर्ष काम गरे पनि भन्न मिल्ने, देख्न मिल्ने केही नगरेपछि डा भट्टाराइले दवाव महशुस गरेर घरदैलाे र राेड साेकाे कार्यक्रमल आफैले तय गरिरहेका छन् । वडा नं १० मा भने वडा न १२ मा  तुलनात्मकरूपमा एमालेकाे राम्राे अबस्था रहेकाे बताइए पनि डा भट्टराइले सहजता महशुस गरिरहेका छैनन् ।

मिठाराम अधिकारीका नाममा मेयरपदमा ठूलाे रिस्क बाेकेका भट्टराइलाइ कपनबाट ठूलाे मार्जिनकाे भाेटले लिड गर्न गर्न बाध्यता रहेकाे देखिन्छ । कमजाेर उम्मेदवार उठाएकाे वेफाइदाबीचमा डा भट्टराइले गरिरहेकाे मेहनत कस्ताे हुने हाे त्याे भने वैशाख ३० गते खस्ने भाेटले देखाउनेछ ।

डा राजन भट्टराइलाइ कपनमा “भट्टराइहरू” बन्धु जिताउन हम्मे !

Previous article

बुढानिलकण्ठमा मेयर पदका उम्मेदवारहरूकाे शिक्षा(अध्ययन) काे चर्चा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *