स्थानीय

आकाश धितालकाे पक्षमा उर्लिएकाे वडा नं. ३ वासीकाे आकाँक्षा

0

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा वडाध्यक्ष पदका उम्मेदवार आकाश धिताल काँग्रेसका बागी उम्मेदवार हुन् । काँग्रेसबाट टिकटकाे पूर्ण हकदार मानिएका धिताललाइ टिकट नदिएपछि स्थानीय युवाहरूले उनलाइ स्वतन्त्र उम्मेदवारी दिन बाध्य बनाए । ५ वर्ष वडामा सदस्य रहेर विकास निर्माणमा विशेष काम तथा पहल गरेका धिताललाइ वडाध्यक्ष बनेकाे हेर्न चाहने स्थानीयहरू यतिखेर स्वतन्त्र उम्मेदवारका रूपमा जिताउन खटिएका छन् ।

आकाशकाे पक्षमा स्थानीय उर्लिएपछि काँग्रेस र एमालेकाे उम्मेदवार वडामा चरम फिक्का देखिएका छन् । बालकृष्ण श्रेष्ठकाे वडामा श्रेष्ठसँगै पाँचवर्ष सहकार्य गरेका धिताकाे बिजय हुने चाैतर्फि आंकलन हुने थालेकाे छ । धितालले बैशाख २४ गते बिहान आफ्नाे पहिलाे राेडसाे पनि गरेका छन् । गाडी, माेटरसाइकलसहित पदयात्रा पनि गरिएकाे राेडसाेमा स्वस्फूर्त स्थानीयवासीहरूले उनलाइ फुलमाला तथा अबीर लगाइदिँदै बिजयकाे शुभकामना बाँडिरहेकाे देख्न पाइन्थ्याे ।

बुढानिलकण्ठका वडाहरूमा स्वतन्त्र उम्मेदवारकाे यति ठूलाे हैसियत देखिएकाे सम्भवतः याे पहिलाे पटक हाे । काँग्रेस तथा एमालेमात्र नभै सामाजवादीले पनि गढ भनेर दावी गरिरहेकाे वडामा काँग्रेसका बागी(स्वतन्त्र) उम्मेदवारकाे दवदवा हेर्दा धितालकाे विजय सुनिष्चित बन्दै गरेकाे स्थानीयवासीले बताउन थालेका छन् । सालिन, भद्र, कसैकाे मन नदुखाउने तथा सबैसँग समान व्यवहार गर्ने भएकाले पनि धिताललाइ वडावासी सबैले मान्दै आएका छन् । बाेल्नभन्दा काम गर्न रूचाउने आकाश धितालकाे बानी यतिखेर वडामा सबैभन्दा रूचाइएकाे विषय हाे ।

बुढानिलकण्ठ ८ मा जुट्दैछ काँग्रेस, उठ्दैछ काँग्रेस, जित्दैछ काँग्रेसः राजाराम थापा

Previous article

डा राजन भट्टराइलाइ कपनमा “भट्टराइहरू” बन्धु जिताउन हम्मे !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *