राजनीतिस्थानीय

विनाेद चालिसेकाे प्रमुख प्रतिबद्धता “सुशासन, वातावरण, खानेपानी र सरसफाइ !”

0

बुढानिलकण्ठ नगरपालिकामा चुनावी चहलपहल उत्कर्षमा छ । घरघरमा उम्मेदवारहरू आफ्नाे याेजना, सङ्कल्प र प्रतिबद्धतापत्र बाेकेर हिँडिरहेका छन् । सबै दलहरूले नगरका समस्या र समाधानकाे खाकासहित प्रतिबद्धतापत्र नागरिककाे घरघरमा पुर्याएका छन् ।

बुढानिलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विनाेद चालिसेले आफ्नाे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पढेलेखेका एवम् युवा उमेरका चालिसेले आफ्नाे प्रतिबद्धतापत्रलाइ १० शीर्षकमा राखेर व्याख्या गरेका छन् । चालिसेले आफ्नाे प्रतिबद्धतापत्रमा नगरवासीलाइ सुशासन दिने कुरामा धेरै ध्यान दिएका छन् भने वातावरण, खानेपानी र सरसफाइ उनकाे अर्काे महत्वपूर्ण विषय हाे ।

चालिसेले पत्रकार भेटघाट गरेर सार्वजनिक गरेकाे प्रतिबद्धतापत्रमा नेपालमै पहिलाेपटक वन्यजन्तुमैत्री सामुदायिक वनकाे कुरा समाविष्ट छन् । त्यसैगरी प्रतिबद्धतापत्रमा आफ्नै संरचनामा फाेहर व्यवस्थापन गरिने  उल्लेखित छ । आफ्नाे पानी आफैले खानी शीर्षकमा शिवपुरी वनबाट आएका तथा अन्य वनका जरूवाहरूलाइ प्रकृति विनाश नहुने तरिका उपयाेग गरिने कुरा प्रतिबद्धतापत्रमा लेखिएकाे छ ।

अबकाे सहरकाे मुख्य समस्या भनेकाे वातावरण, खानेपानी र स्वच्छता नै भएकाे भन्दै चालिसेले पत्रकारहरूलाइ आफू आफ्नाे प्रतिबद्धतामा पूर्ण कटिबद्ध भएकाे पनि बताए ।

४ वर्ष भयाे, न कपनमा डुबान हुन छाड्याे न अधिकारीलाइ कसैले जुत्ताकाे माला लगायाे !

Previous article

बुढानिलकण्ठ ८ मा जुट्दैछ काँग्रेस, उठ्दैछ काँग्रेस, जित्दैछ काँग्रेसः राजाराम थापा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *