स्थानीय

४ वर्ष भयाे, न कपनमा डुबान हुन छाड्याे न अधिकारीलाइ कसैले जुत्ताकाे माला लगायाे !

0

मिठाराम अधिकारी यतिखेर नेकपा एमालेबाट बुढानिलकण्ठ नगरपालिकामा मेयर पदका उम्मेदवार बनेका छन् । कपन डुबानका प्रणेता भनेर व्याख्या गरिएकाे मिठाराम जे का कारण कपन डुबानमा पर्याे(खाेलामा ढल हाल्दा) साे ढल हाल्ने काम ठीक र विकासवादी चिन्तन भएकाे बताइरहेका छन् । कपनका राजकुलाेदेखि खाेलासम्म सबैमा ढल हाल्दा हाल कपन एकझर पानीमा डुब्ने बनेकाे छ । तर उनी आज पनि खाेलामा ढल हाल्ने कामकाे पक्षमा देखिन्छन् । एकदिन अघिकाे एक पत्रकार सम्मेलनमा पत्रकारहरूकाे प्रश्नकाे जवाफ दिँदै उनले आफू मेयर भएँ भने जनता माग भयाे भने खाेलामा ढल हाल्न सकिने बताएका थिए ।

मिठाराम अधिकारी हाल डुबानमा परेकाे तत्कालिन यज्ञमती खाेला उनकै पालामा ढलमा परिणत भएकाे थियाे भने याे साे समस्या समाधान केन्द्रकाे बजेटबाट हुने भनेर बजेट पारित भयाे । जुनसुकै ठाउँकाे भए पनि अध्यक्ष चाहिने भन्ने स्वभावका कारण पनि विवादित  अधिकारी याे बजेट आएपछि बन्न लागेकाे सराेकार समितिमा  अध्यक्ष बनेर नै छाडे । अध्यक्ष बनेपछि उनमाथी धेरै प्रश्न तथा संशयहरू देखिएपछि उनले याे डुबान एक वर्षभित्र हल गर्न सकिन भने मलाइ जुत्ताकाे माला लायर घुमाए हुन्छ भनेका थिए । याे भनेकाे पनि ४ वर्ष बित्याे तर यही वर्ष बैशाखमा एकझर पानी  आउँदा कपनकेा याे भेक फेरि डुब्याे ।

मिठाराम अधिकारी यतिखेर मेयरका उम्मेदवार भएर यही बाटाे हिँडिरहेका छन् । याे पाँचवर्ष उनकै पार्टीकाे सरकार थियाे । ८ महिनाअघि सम्म केन्द्र र प्रदेशमा पनि उनकै पार्टीकाे लामाे दवदवा थियाे । तर डुबानकेा काम अझै लथालिंग छ । यही बाटाे भएर मिठाराम अधिकारी भाेट माग्न हिँडिरहेका छन् ।

एकझर पानीमा डुब्ने कपनलाइ जापान बनाएकाे भनेर सस्ता र गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेका अधिकारी अझै बुढानिलकण्ठभित्र सबैभन्दा विकसित कपन नै हाे भन्ने मान्यता राख्छन् । उनकाे विकासकाे चिन्तनमाथि पनि प्रश्नहरू उठिरहेकाे बेला ४ वर्ष अघि उनले बाेलेकाे याे कुरा सुन्न आवश्यक छ ।

https://www.facebook.com/100013247161510/videos/573558739762360/

बुनपा माओवादीमा पहिराे जाने क्रम जारी, रेवतराज तिमिल्सिनाले पनि पार्टी छाडे

Previous article

विनाेद चालिसेकाे प्रमुख प्रतिबद्धता “सुशासन, वातावरण, खानेपानी र सरसफाइ !”

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *