स्थानीय

१२ नं वडाकाे घरघरमा मनमनमा पुरूषाेत्तम !

0

बैशाख ३० गते हुने स्थानीय चुनावअन्तर्गत बुढानिलकण्ठ नगरपालिकामा समाजवादी केन्द्रकाे सबैकाे डर अनि सबैकाे भर भएकाे पार्टी बनिरहेकाे छ । याे नगरपालिकामा समाजवादीकाे पार्टीमा तत्कालिन एमाले पार्टीकाे राम्रा र असल भनिएका सबै नेता भएकाले पनि पार्टीकाे हैसियत निकै उँचाे रहेकाे अनुमान गर्न सकिन्छ ।

सामाजवादी केन्द्र बुढानिलकण्ठ नगरपालिकाकाे मेयर बालकृ्ण श्रेष्ठ र उपमेयर प्रमिला सापकाेटालाइ उम्मेदवार बनाएकाे छ भने सबै वडामा उम्मेदवारी दिएका छ । वडा नं १० मा काँग्रेससँग् गठबन्धन गरेर जीत हासिलकाे अबस्था सृजना गरेकाे छ । नगरपालिकाकाे वडा नं १२ समाजवादी केन्द्रकाे राम्राे जनाधार भएकाे वडा मानिन्छ । यस वडामा समाजवादी केन्द्रका पपुलर नेताहरू बसाेबास गर्छन् । यस वडाबाट पुरूषाेत्तम नेपाल वडाध्यक्षकाे उम्मेदवार बनेका छन् । नेपाल ०७४ काे स्थानीय तह निर्वाचनमा वडा सदस्य पदका उम्मेदवार थिए । बाैद्धिक, सरल तथा विकासप्रेमी व्यक्ति पुरूषाेत्तम नेपाल ०७४ मा वडाध्यक्षकाे उम्मेदवार बन्ने हल्लाकाबीच एमालेभित्रकाे एक गुटले उनलाइ वडाध्यक्ष बन्न दिएकाे थिएन । वडासदस्यकाे रूपमा नेपालले वडा नं १२ मा पुर्याएकाे याेगदानले उनि यतिखेर वडामा रूचाइएका व्यक्तिकाे काेटीमा पर्छन् ।

वडा नं १२ मा वडाध्यक्षमा नेपालसहित वडा सदस्यहरूमा रामसुन्दर अधिकारी सुवर्ण, कुमार पुडासैनी, महिला सदस्यमा अनिता ढकाल र दलित महिला सदस्य – बिष्णुमाया सुमार्मी मैदानमा छन् । यस वडामा काँग्रेसका तर्फबाट सुनित चालिसे र एमालेका तर्फबाट शम्भु भट्टराइ चुनावी मैदानमा छन् ।

“कपनका खाेला राजकुलाहरूमा ढल हाल्ने निर्णय ठीक थियाे”: मिठाराम अधिकारी

Previous article

बुनपा माओवादीमा पहिराे जाने क्रम जारी, रेवतराज तिमिल्सिनाले पनि पार्टी छाडे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *