प्रकृतिस्थानीय

“कपनका खाेला राजकुलाहरूमा ढल हाल्ने निर्णय ठीक थियाे”: मिठाराम अधिकारी

0

नेकपा एमालेले तर्फबाट बुढानिलकण्ठ नगरपालिकामा मेयर पदका उम्मेदवार बनेका कपनका नेता मिठाराम अधिकारीले आफू गाविस अध्यक्ष हुँदा खाेलामा ढल हाल्न गरेकाे निर्णय गलत नभएकाे बताएका छन् । आफ्नाे नगर प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आयाेजित पत्रकार भेटघाटमा अधिकारीले साे निर्णय ठीक रहेकाे बताए । पत्रकारहरूकाे प्रश्नकाे जवाफ दिँदै अधिकारीले खाेलामा ढल हालेकै कारण कपनकाे विकास भएकाे बताए ।

आफूले कपनलाइ चरमरूपमा विकास गरेकाे बताउँदै बुढानिलकण्ठका बाँकी ठाउँभन्दा कपन सबै दृष्टिले राम्राे भएकाे र त्याे आफूले गरेकाे बताए । खाेलामा ढल हाल्दा अहिले यत्राे डुबानकाे अबस्था आएकाे हैन र भन्ने पत्रकारकाे प्रश्नमा अधिकारीले त्यही खाेलामा ढल हालेर बाटाे बनाउँदा अहिले सुन्दर कपन बनेकाे भनेर ढलकाे  मासेकाे पक्षमा अभिव्यक्ति दिए । अधिकारीले पत्रकारहरूलाइ चुनावी घरदैलाेकाे क्रममा पनि तपाइहरूले देख्न सक्नुहुन्छ अरू ठाउँभन्दा कपन विकसित छ भनेर ।

मेयर हुनु भयाे अब खाेला मास्ने काम गर्ने कि नगर्ने भन्ने प्रश्नमा उनले समय बेला र तथा जनताकाे माग अनुसार निर्णय हुने बताउँदै जनताले खाेलामा ढल हाल्ने भनेर माग गरे भने हाल्न सकिने बताए ।

पाँचवर्षे कार्य प्रगतिकाे झुटाे विवरण बनाएर घरदैलाे गर्दै शम्भु भट्टराइ

Previous article

१२ नं वडाकाे घरघरमा मनमनमा पुरूषाेत्तम !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *