नेकपा माओवादी केन्द्रका वाग्मती प्रदेश कमिटि सदस्य तथा काठमाडाैँ क्षेत्र नं ४ प्रदेश ख का इन्चार्ज रविन अधिकारीले पार्टी छाड्ने निर्णय गरेका छन् । उनले पार्टीलाइ एक पत्र लेख्दै पार्टीकाे भूमिकाबाट राजिनामा दिएका छन् । समयकाे अबराेध तथा बिभिन्न परस्थितिले गर्दा पार्टीमा समय दिन नसकेकाे भन्दै अधिकारीले पार्टीबाट राजिनामा दिएका हुन् । आफूले समय दिन नसकेकाे कारण पार्टीकाे उद्धेश्यमा असर नपुगाेस् भनेर राजिनामा दिएकाे उनले बताएका छ ।
बैशाख २२ गते अपरान्ह वागमती टुडेलाइ प्राप्त अधिकारीकाे राजिनामा सम्बन्धि पत्रमा अनुसार कार्य व्यस्तताले समय दिन नसकेकाे यथार्थलाइ हृदङ्गम गरी राजिनामा स्वीकृत गरिपाउँ भनेर लेखिएकाे छ । चुनावकाे पूर्वसन्ध्यामा अधिकारीकाे राजिनामालाइ बिबिध अर्थका रूपमा हेरिएकाे छ । केही दिनमा अधिकारीका बारेमा विशेष समाचार आउने भनेर चर्चा चलेकाे छ ।
अधिकारी काठमाडाैँ क्षेत्र नं ४ तथा बुढानिलकण्ठ नगरपालिकामा विशेष जनाधार भएकाे व्यक्तिकाे रूपमा लिइने गरिन्छ ।
Comments