स्थानीय

बुढानिलकण्ठमा बालकृष्ण !

0

समाजवादीकाे शक्ति कत्राे वा कस्ताे भन्ने प्रश्नकाे उत्तर सहज छैन । जसै स्थानीय चुनावकाे मिति नजिकिँदै छ समाजवादीकै वरीपरी नेपालकाे राजनीति अड्किएकाेझैँ लाग्दैछ । केपि ओली तथा उनका ग्रुपकाे चरम अपमान सहन नसकेर छुट्टिएकाे समाजवादी प्राप्त गर्ने मत र त्यसले जीत हारमा पार्ने प्रभावले आगामी दिनकाे नेपालकाे चित्ररेखा काेरिने कुरामा दुइमत छैन ।

काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकामा समाजवादीकाे अबस्था दिनप्रतिदिन राम्राे हुँदै गएकाे अनुभव जनस्तरमै भैरहेकाे देखिन्छ । समाजवादीले उम्मेदवार चयनमा देखाएकाे बुद्धिमानीले साे पार्टीलाइ ठूलाे फाइदा पुग्ने देखिएकाे छ । यस नगरकाे वडा नं ३, ५ र १२ समाजवादीकाे शक्तिशाली उपस्थिति छ । यी वडामध्ये एकदेखि दुइ वडाध्यक्ष जित्ने हैसियत समाजवादीले राखेकाे देखिन्छ ।

मेयर पदमा उम्मेदवार बनेका बालकृष्ण श्रेष्ठ बुढानिलकण्ठमा भिजन भएकाे नेताका रूपमा परिचित छन् । विष्णुबुढानिलकण्ठ गाविसकाे अध्यक्ष हुँदा हाेस् वा बुढानिलकण्ठ ३ काे वडाध्यक्ष हुँदा हाेस् श्रेष्ठका कामहरू सृजनशील काेणबाट निस्किएकाे जनताले अनुभूति गरेका छन् । बालकृष्ण श्रेष्ठकाे वडा नं ३ सँगै वडा नं १, २,४ र ५ मा मजबुत प्रभाव देखिएकाे छ । त्याेबाहेक पनि यस भेकमा कहिल्यै कसैले नदेखेका एमाले उम्मेदवारकाे फाइदा श्रेष्ठलाइ हुने देखिएकाे छ ।

मेयर पदमा रहेका एमाले उम्मेदवारमा भएका केही व्यक्तिगत कमकमजाेरिकाे फाइदा पनि बालकृष्ण श्रेष्ठलाइ देखिएकाे छ। शुरूमा एमालेकाे भाेट काट्ने साेचिएकाे समाजवादी केन्द्र आफ्नै रणनीतिका कारण जीतकाे आधार तय गर्नेतिर लक्षित देखिन थालेकाे छ । यसकाे प्रत्यक्ष असर एमालेलाइ देखिएकाे छ। एमालेले कमजाेर उम्मेदवार दिएकाे चारैतिर हल्लाखल्ला छ । कपनलाइ मेयर दिनुपर्छ भन्ने नाममा राजन भट्टराइकाे इन्ट्रेस्टमा टिकट पाएका मिठाराम अधिकारीलाइ कपनमा खाेला मासेकाे तथा डुबान क्षेत्र बनाएकाे गम्भीर र पुष्टिजनक आराेप लागिरहेकाे छ । त्यस्तै अधिकारीकाे औपचारिक शिक्षाकाे विषय पनि ठूलाे चर्चापरिचर्चाकाे विषय बनिरहेकाे छ ।

साविक अत्याधिक बहुमतले जितेकाे एमालेलाइ यतिखेरै टाउकाे दुखाइकाे विषय केहि हेा त्याे समाजवादी केन्द्रले कति भाेट काट्ने हाे भन्ने विषय बनेकाे छ । एमाले मानसिकरूपमा बालकृष्ण श्रेष्ठले काट्ने भाेटका कारण असहज महशुस गरिरहेकाे छ । एकातिर आफ्नाे कमजाेर उम्मेदवार अर्कातिर समाजवादीका तर्फबाट हेविवेट उम्मेदवारकाे चेपुवामा एमालेले आफूलाइ असहज महशुस गर्नु अस्वाभाविक पनि हैन ।

नेपाली काँग्रेसले शिक्षित, बाैद्धिक युवा विनाेद चालिसेलाइ उम्मेदवार बनाएकाे छ । चालिसे तथा काँग्रेसमा जीतका आधार तय गर्ने सबैभन्दा ठूलाे विषय  सामाजवादीले एमालेकाे कति भाेट काट्छ भन्ने विषयमै अड्किएकाे देखिन्छ । बालकृष्ण श्रेष्ठले जति धेरै मत लिन्छन् त्यति जीतकाे आधार तय हुने काँग्रेसकाे आन्तरिक विश्लेषण देखिएकाे छ । यद्यपि बालकृष्ण श्रेष्ठले काँग्रेसकै केही राम्राे मत काट्ने सम्भावनालाइ काँग्रेसले अनुमान गरेझैँ लाग्दैन । तथापि बालकृष्ण श्रेष्ठकाे मत कहिँकतै काँग्रेसलाइ विजयकाे आधार बन्ने देखिन्छ ।

कपनमा मात्रै चिनिएका काँग्रेस एमालेका उम्मेदवारबिरूद्ध बाँकी ५ साविक गाविसवालाहरूले बालकृष्ण श्रेष्ठलाइ चुन्ने हाे कि भन्ने आशंका पनि देखिन थालेकाे छ । मिठाे बाेल्ने शैली र जनतासँगकाे सामिप्यताले बालकृष्णलाइ बाँकी दलका उम्मेदवारका बीच पावरफुल बनाइरहेकाे छ । एमालेकाे लागि डर र काँग्रेसका लागि भर भनेर चिनाउन खाेजिएकाे समाजवादीले जीत आधार तय गर्ला कि भन्ने देखिन थालेकाे छ ।

बुढानिलकण्ठमा मेयर पदका उम्मेदवारहरूकाे शिक्षा(अध्ययन) काे चर्चा

Previous article

विनाेदकाे हेर्न, घुम्न र बस्नलायक जीवन्त बुढानिलकण्ठकाे सपना

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *