बुढानिलकण्ठ नगरपालिका वडा नं १२ काँग्रेसकाे लहर देखिएकाे छ । साविक वडाध्यक्ष तथा एमाले वडाध्यक्ष शम्भु भट्टराइकाे बिबिध विसंगतिपूर्ण पाँचवर्षे कार्यकालबाट आजित भएका जनताहरू काँग्रेसकाे पक्षमा उभिन थालेका छन् । यसरी शम्भु भट्टराइबाट आजित हुनेहरूमा उनका पार्टीका नेताहरू पनि पर्न थालेका छन् । यसैक्रममा भट्टराइकाे कार्यशैली बिरूद्ध एमाले संगठित सदस्य प्रदीप जमरकट्टेल काँग्रेस प्रवेश गरेका छन् । जमरकट्टेल काँग्रेसकाे घरदैलाेकाे क्रममा काँग्रेस प्रवेश गरेका हुन् । ०७४ काे स्थानीय तह निर्वाचनमा भट्टराइकाे एक खम्बा भएर सहयाेग गरेका जमरकट्टेलकाे काँग्रेस प्रवेशसँगै भट्टराइ झनै कमजाेर भएकाे बताइन्छ ।
बहुबिबाहदेखि परिवारवादसम्मकाे निजी विषयमा घेरिएका शम्भु भट्टराइलाइ पाँचवर्षमा आफ्नै प्रतिबद्धतापत्रकाे धज्जी उडाएकाे आराेप लागिरहेकाे छ । बुढानिलकण्ठ नगरपालिकाकाे सबैभन्दा सानाे वडालाइ हेर्न लायक तथा बस्न लायक बनाउन पहलसम्म गर्न नसकेका भट्टराइलाइ उपभाेक्ता समितिमार्फत काम गर्दा ठेकेदारसँग सेटिङ गरेकाे आराेप गम्भीर आराेप पनि लागिरहेकाे छ । पछिल्लासमय भट्टराइमाथि गम्भीर आराेपसहितका दर्जनाैँ समाचार प्रकाशित भैरहेका छन् ।
याे वडामा काँग्रेसले इकाइ सभापतिसमेत रहेका सुनित चालिसेलाइ वडाध्यक्षकाे उम्मेदवार बनाएकाे छ । घरदैलाे तथा भेटघाटमा व्यस्त रहेकाे काँग्रेसका उम्मेदवारप्रति जनताकाे व्यापक स्नेहकाे लहर देखिएकाे हाेमनाथ तिमिल्सिनाले बताए । वडामा काँग्रेसले जित्याे भने बस्न, हेर्न तथा घुम्नलायक वडामा बनाउने विश्वास जनता पलाएकाे उनले बताए ।
Comments