स्थानीय

सुशासनयुक्त वडाका लागि काँग्रेस नेता जनक थापाकाे टिममाथि जनविश्वासकाे लहर

0

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा नेपाली काँग्रेसलाइ जिताउने लहर उत्पन्न भएकाे छ। वडा नं २ मा भएका काँग्रेस घरदैलाेमा पुग्दा पुग्दाकाे वडा कार्यालयले विसंगति तथा अनियमिततापूर्ण काम गरेकाे भन्दै काँग्रेसलाइ जिताउन मतदाता लागेकाे उम्मेदवारहरूले बताएका छन् । काँग्रेसकाे गढ वडाकाे रूपमा चिनिएकाे वडा नं २ मा पाँचवर्षअघि आन्तरिक वेमेलका कारण काँग्रेस हारेकाे चर्चा चलिरहेकाे बेला वडाभित्र काँग्रेसका अभूतपूर्व एकता देखिएकाे छ । उम्मेदवारी चएनमा गरिएकाे सुझबुझपूर्ण कार्यका कारण वडा नं २ मा काँग्रेस जीतकेा आधार सहज बनेकाे हाे ।

वडा कार्यालयले सुशासनमात्र नदिएकाे हैन वडा तथा नगरले अनुमति नदिकन वडाका जनप्रतिनिधिहरूकाे सेटिङमा अनिधिकृतरूपमा काेलाेनी नै बनेकाे विषयमा व्यापक भ्रष्टचार भएकाे आशंकाबीच काँग्रेस उम्मेदवारकाे लहर देखिएकेा बताइन्छ । काँग्रेसले इकाइ सभापति जनक थापालाइ वडाध्यक्षकाे उम्मेदवार बनाएकाे छ भने प्रभावशाली नेताहरू रामविनाेद लामिछाने र राजकाजी श्रेष्ठलाइ वडा सदस्यकाे उम्मेदवार बनाएकाे छ । त्यसैगरी काँग्रेसले प्रभावशाली महिलाका रूपमा परिचित पार्वती श्रेष्ठ र सिता सुनारलाइ वडा सदस्यकाे उम्मेदवार बनाएकाे छ ।

सुशासनयूक्त वडा कार्यालय तथा समृद्ध र बस्न र हेर्नलायक वडा बनाउन जनताहरू काँग्रेसकाे पक्षमा सडकमा आएकाे वडाध्यक्ष उम्मेदवार जनक थापाले बताए । “हामी, हामीले गरेका वाचा र प्रतिबद्धतालाइ मुलमन्त्र बनाएर वडाकाे विकासमा लाग्ने कुरामा जनताले विश्वास दिलाइरहेका छाैँ ।”थापाले भने ।

बुढानिलकण्ठ वडा नं १ मा विसंगित तथा अनियमितताबिरूद्ध काँग्रेस लहर

Previous article

वडा नं १२ मा काँग्रेस लहर, शम्भु भट्टराइका बिबिध विसंगति तथा परिवारवादबाट आजितहरू काँग्रेस प्रवेश गर्दै

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *