स्थानीय

बुढानिलकण्ठ वडा नं १ मा विसंगित तथा अनियमितताबिरूद्ध काँग्रेस लहर

0

काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा नेपाली काँग्रेसकाे लहर देखिएकाे छ । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार उत्तम खड्का वडामा यसअघिका जनप्रतिनिधिबाट भएकाे व्यापक विसंगति तथा अनियमितताकाे कारण जनता स्वस्फूर्तरूपमा काँग्रेसकाे लहरमा समाहित भएकाे बताएका छन् ।

भ्रष्टाचार र अनियमितता हटाउन जनताले यसपाला वडामा काँग्रेस जिताउन चाहेकाे बताउँदै खड्काले नेकाका उम्मेदवारले वडाकाे विकासकाे महत्वपूर्ण खाका काेरेकाे बताएका छन् । नगरपालिकामा काँग्रेसकाे लहर आएकाे भन्दै ५ वर्षमा एमाले नगरकाे कुनै पनि क्षेत्रमा काम नगरेकाेले जनता रूष्ट भएकाे बताएका छन् । दैनिक घरदैलाेमा गरिरहेकाे वुनपा १ काँग्रेसले जनताबाट महत्वपूर्ण राय सल्लाह सुझाव पनि संकलन गरिरहेकाे छ । ५ वर्षमा जनताले गरेकाे अपेक्षा र वडा कार्यालयले देखाएकाे गैरजिम्मेवारीकाे बीचमा बसेर प्राप्त सुझावहरूलाइ जीतपछि कार्यान्वयनकाे तहमा लैजाने वडाध्यक्षका उम्मेदवार खड्काले बताए ।

यस वडामा साविक वडाध्यक्ष सुरेन्द्र लामा नेकपा एमालेबाट उम्मेदवार भएका छन् भने वडा सदस्य श्याम वाइवा समाजवादी र माओवादीकाे केन्द्रका गठबन्धनकाे उम्मेदवार भएका छन् ।

मेयर पदका प्रत्यासीकाे शिक्षाका कुरा ! बुढानिलकण्ठका उम्मेदवारहरू कसले कति पढेका छन् ?

Previous article

सुशासनयुक्त वडाका लागि काँग्रेस नेता जनक थापाकाे टिममाथि जनविश्वासकाे लहर

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *