समसामयिकस्थानीय

मेयर पदका प्रत्यासीकाे शिक्षाका कुरा ! बुढानिलकण्ठका उम्मेदवारहरू कसले कति पढेका छन् ?

0

“राजनीतिमा शिक्षित तथा युवा” भन्ने विषय नेपालमा पछिल्ला एक डेढ दशककाे सबैभन्दा ठूलाे र प्रभावशाली विषय हाे । जति राजनीतिमा युवा र शिक्षितकाे कुरा गरे पनि  अझै पार्टीहरूकाे त्यसलाइ कार्यान्वयन गरेकाे भने देखिएकाे छैन ।  बुढानिलकण्ठ नगरपालिकामा ०७९ बैशाख ३० हुने स्थानीयतह चुनाव पनि याे विषयले भनेजति माइलेज पाउन सकेन । बुढानिलकण्ठमा मनाेनयनपत्र दाखिला अघि  युवा, शिक्षित एवम् सक्षम् व्यक्तिलाइ टिकट दिने विषय लामै चर्चा चले पनि यसले पूर्णतः  सार्थकता भने पाएकाे देखिएन ।

बुढानिलकण्ठमा पाँचवर्ष  दुइतिहाइ बहुमतले बिजय गरेर शासन गरेकाे नेकपा एमालेले पनि अन्ततः साक्षरमात्र (८-९ कक्षामात्र पढेकाे) व्यक्तिलाइ टिकट दिएर राजनीतिमा शिक्षित र युवा भन्ने विषयलाइ धज्जी उडाएकाे छ  । एमाले अप्रत्यासितरूपमा शिक्षक पृष्ठभूमि तथा  स्नातक पास गरेका मेयर उद्धव खरेललाइ टिकट नदिएर कमजाेर शिक्षा तथा कमजाेर विकास कार्य व्यवस्थाका पृष्ठभूमि भएका मिठाराम अधिकारीालाइ टिकट दिएसँगै युवा र शिक्षित विषय बुढानिलकण्ठमा निस्तेज भयाे ।

याे विषय अझ बढि उदेकलाग्दाे त्याे बेला बन्याे जब जेनयुबाट विद्यावारिधी गरेका डा राजन भट्टराइकाे इन्ट्रेस्टमा अधिकारीलाइ टिकट दिइएकाे कुरा सार्वजनिक भयाे । अधिकारमाथी कपनमा प्रकृति विनाश गरेर( खाेलामा ढल हाल्ने नीति लिएर) बाढी पिडीत बनाएकाे गम्भीर आराेप लागिरहेकाे छ । अधिकारी ६० वर्षका भए । उनलाइ चुनाव प्रचारमा बाेल्नसम्म दिइएकाे छ । अधिकारीले मेसाे पुर्याएर बाेल्न जान्दैनन्, बाेले भने भाेट झन् घट्ला भन्ने डरले उनलाइ पार्टीले मिडिया वा सार्वजनिक ठाउँमा बाेल्न निषेधझैँ गरेकाे छ ।

एमालेले अधिकारीलाइ मेयरकाे उम्मेदवारी बनाएपछि त्यसले उनकै पार्टीमा आक्राेश बढेकाे छ । मेयर भनेकाे सिइओजस्ता पद भएकाले त्यहाँ विकासलाइ नयाँ परिभाषा दिन सक्ने र शिक्षित व्यक्ति ल्याउनु पर्ने भन्दै नेपाली काँग्रेसले शिक्षित युवालाइ टिकट दिएकाे छ । काँग्रेसले टिकट दिएका विनाेद चालिसेले एक  विषयमा स्नातकाेत्तर गरेका छन् भने बिएड पनि गरेका छन् ।

पूर्व गाविस अध्यक्षसमेत रहेका वडा नं ३ मा वडाध्यक्ष बालकृष्ण श्रेष्ठलाइ नेपाल कम्युनिस्ट पार्टी समाजवादी केन्द्रले उम्मेदवार बनाएकाे छ । श्रेष्ठ पनि शिक्षक पृष्ठभूमिका नेता हुन् । श्रेष्ठले स्नातक पास गरेका छन् । स्राेतका अनुसार उनले स्नातकाेत्तर तहकाे अध्ययन भने गरेका छन् ।

बुढानिलकण्ठकाे चुनावी राजनीतिमा सानाे समयमा  ठुलाे प्रभाव देखाउन सफल भएका स्वतन्त्र उम्मेदवार सुमित खरेल राजनीतिमा शिक्षित युवालाइ नेतृत्व विषयमा वकालत गरिरहेका व्यक्ति हुन् । नगरपालिकाकाे हरेक अबयवकाे भरपुर ज्ञान भएका खरेलले स्नातक पास गरेर  स्नातकाेत्तर अध्ययन गरिरहेका छन् । खरेलकाे स्नातकाेत्तरमा थेसिस बाँकी छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले मेयर पदका लागि  डम्बर अधिकारीलाइ मैदानमा खटाएकाे छ । बिबिध कारणले गठबन्धनकाे सम्भावना अझै हुन नसके पनि गठबन्धनकाे अझै प्रयास भैरहे पनि अधिकारीकाे खटाइ भने  देखिन थालेकाे छ ।  जनयुद्धकाे शुरूदेखि  नै  माओवादी आन्दाेलनमा सक्रिय डम्बर अधिकारीकाे शैक्षिक पृष्ठभूमिकाे आधिकारिक श्राेत नभेटे पनि उनले प्रविणताप्रमाणपत्र तहसम्म अध्ययन गरेकाे अपुष्ट जानकारी पाइएकाे छ ।

त्यसैगरी वैकल्पिक शक्तिरूपमा देखिएकाे विवेशील साझाबाट उम्मेदवार भएकी उर्मिला भुर्तेल प्रभावशाली महिला नेतृकाे रूपमा देखिएकी छिन् । उनकाे चुनावी यात्रामा धेरैले स्वस्फूर्त साथ दिइरहेकाे देखिएकाे छ । कलाकारसमेत रहेकी भुर्तेलले स्नातक पास गरेर स्नातकाेत्तरसम्म पढेकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुढानिलकण्ठ नगरपालिकामा मेयर पदकी प्रत्यासी निना भेटवालले पनि स्नातकसम्म अध्ययन गरेकी छिन् ।

त्याे बेला, “खाेला बचाउनु पर्छ ढल हाल्नु हुन्न” भनेर मिठाराम अधिकारीसमक्ष निवेदनसमेत हालिएकाे थियाे

Previous article

बुढानिलकण्ठ वडा नं १ मा विसंगित तथा अनियमितताबिरूद्ध काँग्रेस लहर

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *