बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत वडा नं १३ मा स्थानीय चुनावको माहौल काँग्रेसमय बनेकाे छ । यस वडा नम्बर- १३ मा नेपाली काङ्ग्रेस र नेकपा माओवादी (केन्द्र) बिच गठबन्धन पनि भएको छ । नयाँ वर्षको शुभ अवसर पारेर एक पटक वडावासीलाई शुभकामना दिँदै घरदैलोमा पुगी सकेका नेपाली काङ्ग्रेसका उम्मेदवार भरत श्रेष्ठले आफ्नो गठबन्धनकाे टिमसहित दोस्रो चरणको घरदैलो सुरु गरेका छन् ।
घरदैलाेअन्तर्गत २० गते बिहान नाैलिङ्गेश्वरी दर्शन गरेर मेयर पदका उम्मेदवार विनाेद चालिसेसहितकाे घरदैलाे टाेलीले वडा नं १३ काे घरदैलाे गरेकाे छ । स्थानीय गाम्चाबाट शुरू भएकाे घरदैलाेमा स्थानीयवासी बुढापाकाकाे आशीर्वाद लिएर घरदैलो सुरु भएकाे थियाे । घरदैलो कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी(केन्द्र) बुनपा-१३ का नेता एवं कार्यकर्ताहरूसहितकाे सर्वसाधरणकाे उल्लेख्य उपस्थिति रहेको थियो ।
यसैबीच युवाहरूलाई समेटेर हिँड्न सक्ने नेताको रूपमा ख्याति कमाएका भरत श्रेष्ठलाई घरदैलो कार्यक्रममा स्थानीयवासीकाे व्यापक साथ, सहयोग र समर्थन पाएका छन् । दोस्रो चरणको घरदैलो सुरु गर्नुपूर्व श्रेष्ठले “समुन्नत समाजका लागि समर्पित सबल र सक्षम स्थानीय सरकार” को नारासहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
विभिन्न १६ वटा क्षेत्रलाई समेटेर संयुक्त रूपमा तयार पारिएको घोषणा पत्रमा नवीन सोच र योजनाहरू समेटिएका छन् । घरदैलो कार्यक्रममा जाँदा वडावासीकाे अत्यन्त सकारात्मक प्रतिक्रिया दिएको र जितको लागि सद्भावपूर्ण शुभकामना दिइरहेका छन् । वडावासीले आफूप्रति देखाएको विश्वास कै कारण यस पटकको निर्वाचन आफ्नाे गठबन्धनकाे टिमले जित्नेमा भरत ढुक्क देखिन्छन् ।
Comments