स्थानीय

बुढानिकण्ठमा राप्रपाकाे मजबुत लहर

0

राजेन्द्र लिंङ्देन अध्यक्ष भएपछि देशभर लहर आएकाे राप्रपाले स्थानीय तह चुनावमा केही गतिलै प्रदर्शन गर्न आशा गरिएकाे छ  । राजा राजतन्त्र तथा हिन्दु अधिराज्यकाे मुद्धामा अगाडि बढिरहेकाे राप्रपाले काठमाडाैँका नगरपालिकामा मजबुत प्रदर्शन गर्ने आशा गरिएकाे छ । पुराना राजावादीहरूमात्र नभै नयाँ पुस्तामा पनि राजा तथा हिन्दूराज्यका बारे देखिएकाे आकर्षणकाे फाइदा राप्रपालाइ हुने देखिन्छ भने काँग्रेस एमालेबाट रूष्टहरूले पनि राप्रपालाइ छनाैट गर्ने अनुमान गरिएकाे छ ।

काठमाडाैँकेा बुढानिलकण्ठ राप्रपाले मेयर उपमेयरसहित १० वटा वडामा उम्मेदवार खडा गरेकाे छ । राप्रपाले केन्द्रिय निना भेटुवाललाइ बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदमा उम्मेदवार बनाएकाे छ भने चम्पादेवी अधिकारीलाइ उपमेयर पदकाे उम्मेदवार बनाएकाे छ । मेयर उपमेयर नै महिलालाइ बनाएकाे राप्रपाले वडा नं ६ मा महिला वडाध्यक्ष उम्मेदवार बनाएकाे । वडा नं ६ मा शिक्षक पृष्ठभूमिकी सरिताकुमारी श्रेष्ठ वडाध्यक्षमा प्रत्यासी भएकी छिन् ।

घरदैलाे कार्यक्रममा व्यस्त भएकाे राप्रपाले स्वस्फूर्तरूपमा समाजका तहतप्काले राप्रपालाइ माया गरेकाे मेयर पदकी प्रत्यासी निना भेटुवालले बताइन् । “मानिसमा काँग्रेस एमालेमा जुन वितृष्णा छ, त्याे पाेख्ने माध्यम राप्रपालाइ मतदान भएकाे छ । हामीले काँग्रेस एमालेले नसाेचेकाे अप्रत्यासित भाेट ल्याउनेछाैँ ।”  उनले भनिन् ।

राप्रपा बुढानिलकण्ठकाे १, ५ र ७ बाहेक सबै वडामा उम्मेदवार उठाएकाे छ । वडा नं २ मा पाका राजनीतिकर्मी बहादुर थापालइ मैदानमा उतारेकाे छ भने वडा नं ३ मा युवा जाेशजाँगरले युक्त अशाेक जिसी मैदानमा छन् । त्यसैगरी वडा नं ४ अर्का युवा उम्मेदवार बिक्रमले थापाले राप्रपालाइ उचाइ दिँदै घरदैलाे गरिरहेका छन् ।

वडा नं ६ मा लामाे समय शिक्षण पेशामा आबद्ध भएर राजनीतिमा हाेमिएकी सरिताकुमारी श्रेष्ठ जनताकाे घरदैलाेमा पुगिरहेकी छिन् । यस्तै वडा नं ८ मा काँग्रेस छाडेर राप्रपा प्रवेश गरेकाे सामाजिक गतिबिधिमा संलग्न कृष्ण अधिकारी जीतकाे आधार बुन्दैछन् । मेयर पदकी उम्मेदवार भेटवालकाे वडामा युवाहरूमा परिचित खेल क्षेत्रका पुष्कर खड्का वडामा जितिन्छ भनेर बसेका छन् ।

कपनभित्रकाे वडा नं १० मा माओवादी पृष्ठभूमिका सशक्त कार्यकर्ता सुरेश तामाङ मैदानमा छन् ।वडा नं ११ र १३ मा हाेटेल रिसाेर्ट व्यवसायी केदार खड्का र प्रदीप श्रेष्ठले वडाध्यक्षकाे उम्मेदवारी पाएर मैदानमा राप्रपाकाे प्रचारमा खटिएकाे छन् ।

११ बुँदे प्रतिबद्धतापत्रसहित घरदैलाेमा पुगिरहेकेा राप्रपाले चुनावमा जितियाे भने आफ्ना कुनै पनि जनप्रतिनिधिले तलब भत्ता नलिने घाेषणा गरेकाे छ । साे तलबभत्ता सेवाग्राहीलाइ निशुल्क फाेटाेकपि सेवा र हुलाक टिकटमा उपयेाग गर्ने घाेषणा उनीहरूले गरेका छन् ।

पाँच वर्षमा आफ्नै प्रतिबद्धतालाई धोती लगाउने बूढानीलकण्ठ १२ का एमालेका जनप्रतिनिधि

Previous article

बुढानिलकण्ठ वडा नं १३ मा काँग्रेसमय वातावरण, स्थानीयवासीद्वारा सद्भाव तथा आशीर्वाद वर्षाउँदै

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *