बैशाख महिना सुख्खा महिना हाे । याे महिनामा परेकाे पानीले कतै पनि खासै असर पर्दैन । तर त्यसाे हाेइन, बुढानिलकण्ठकाे कपनमा भने बैशाखमा हाेस् कि पुषमा एकझर राम्राे पानी पर्याे भने बाढी आइहाल्छ । बाढी पसी हाल्छ । माैलिक तथा रैथाने खाेलामा ढल हालेर बाटाे बनाएपछि खाेला बाटाेबाट हिँड्ने भएकाले कपनकाे तल्लाे भेक एकझर पानीमा डुब्ने गरेकाे छ ।
याे यही कपन हाे, जाे साविक गाविस अध्यक्ष मिठराम अधिकारीले जापान बनाएकाे भन्ने गरेका छन् । उनकाे विकासकाे नमूना देखेर नेकपा एमालेले मिठाराम अधिकारीलाइ बुढानिलकण्ठकाे मेयर पदमा उठाएकाे पनि छ । कपनलाइ जापान बनाएका अधिकारीले बुढानिलकण्ठमा जिते भने के बनाउलान् उनैले पछि भन्लान् तर एकझर पानी खप्न नसक्ने विकासबाट आजित कपनका जनताले के कपनमा जापान अनुभूति गरिरहेका हाेलान् त ?
बैशाख १९ गते दिनकाे पाैने चारबजे खिचिएकाे याे फाेटाे रजुन सिग्देलकाे हाे । आफ्नाे सामाजिक सन्जालमा राख्दै रजुन लेख्छन्, दम छ भने यो बाटो भोट माग्न लाई आओ त।।।छ आँट?????
Comments