पार्टीका व्यक्तिकाे बारेमा लेख्दा आलाेचना हुनु स्वभाविक हाे । त्यहाँमाथि मेयरजस्ताे पदमा उठ्न लागेका व्यक्तिबारेमा टिकाटिप्पणी भयाे भने त्यसकाे पक्ष वा विपक्षमा अभिमतहरू सार्वजनिक हुनु झनै अस्वभाविक हैन । यही मेसाेमा कपनका आजकाे अबस्थामा ल्याउने एमालेका नेता मिठाराम अधिकारीका बारेमा निरन्तर लेखिरहँदा उनका पार्टीका एकथरी मानिसहरू बेखुशी देखिनुलाइ अन्यथा मान्नु पनि हुन्न ।
नगरपालिकाकाे चुनाव आएकाे छ । नगरलाइ पाँच वर्ष हाँक्ने मानिसकाे भित्रकाे क्षमता, दक्षता, सृजनशीलता, शैक्षिक याेग्यतामात्र हैन उसकाे विगतका कामहरूकाे समिक्षा पनि हुन आवश्यक पनि छ । यहाँ मिठाराम अधिकारीकाे मात्र है विनाेद चालिसेदेखि सुमित खरेलसम्मका यावत् विषयमा चर्चा परिचर्चा हुन आवश्यक छ, जुन हुन सकेकाे छैन ।
त्याे भए, मिठाराम अधिकारीकै मात्र आलाेचना वा बिराेध चाहिँ किन त ? भन्ने प्रश्न उठ्न सक्छ । उठिरहेकाे पनि छ । मिठाराम अधिकारी यसअघि कपन गाविसका अध्यक्षसमेत भैसकेका व्यक्ति भएकाले पनि उनकाे क्षमता, दक्षता र शैक्षिक याेग्यताकाे विषय बाँकी अरूभन्दा धेरै निस्केका हुन् । यसरी उठ्ने प्रश्नहरुकाे उत्तर दिनुकाे सट्टा प्रश्नहरू नै उठ्नु हुन्न भन्ने हिसाबले कार्यकर्ता परिचालन गर्नु भने हुन्न्, याे लाेकतान्त्रिक चरित्र हैन । नेता त्याे हाे, जसले नेतृत्व गर्न सक्छ अनि नेतृत्व त्याे हाे, जाे प्रश्न र गालीसँग भाग्दैन, आँत्तिदैन र तर्सिदैन ।
कुरा ०५४ देखि ०५९ बीचकाे गराैँ । कपन गाविसमा मिठाराम अधिकारी प्रमुख थिए । केही गर्लान् झैँका एमाले ठिटाे अधिकारीलाइ जनताले गाविस अध्यक्षमा चुनेका थिए काँग्रेसका आत्माराम पाैडेललाइ हराएर । उनकाे जीतमा तत्कालिन वडा नं १ र ३ मा भर्खर भर्खर बसेकाे नयाँ बस्तीकाे मतदाताकाे हात थियाे । यी दुइवडामा भर्खर नयाँ बस्ती बसेकाे थियाे । नयाँवस्तीबासीहरूले अध्यक्षमामात्र नभै वडामा पनि एमालेलाइ जिताएका थिए ।
पुराना कपनवासीले एमालेलाइ मत दिने माहाैल खासै थिएन त्यतिखेर । नयाँ जनसंख्यामा भने एमालेकाे माहाैल थियाे त्यसमाथि बामदेव गाैतम त्यतिखेर गृहमन्त्री थिए । वामदेव गाैतमका राप, ताप, प्रताप पनि कतिपय अबस्थामा मिठाराम अधिकारीकाे बिजयकाे कारक तत्व बनेकाे थियाे । अधिकारीकाे बिजयबिरूद्ध पराजित पाैडेलले मुद्धा पनि हालेका थिए । लामाे समय त्याे मुद्धा चलिरहेकाे थियाे ।
मिठाराम अधिकारी गाविस अध्यक्ष भएसँगै एकातिर माओवादी जनयुद्ध उत्सर्गतिर पुग्याे जसले कपन आएर बसाेबास गर्न चाहनेहरूकाे ठुलाे भीड लाग्याे । याे भीडलाइ व्यवस्थित बसाेबास दिनु वा याे भीडबाट अब्यबस्थित बसाेबास नहाेस् भनेर साेच्ने काम गाविस अध्यक्षकाे थियाे । मिठाराम अधिकारीलाइ सहरी विकास भनेकाे के हाे थाहा थिएन । यसमा उनकाे शैक्षिक पृष्ठभूमिलाइ गाली गर्न सकिन्छ । उनलाइ थाहा थियाे त बस, नयाँ आउनेलाइ बसाेबास गर्न दिने अनि कर उठाउने विषय मात्र।
यही क्रमउपक्रमा कपनका वडा नं १, २, ३ र ८ का फाँटभरी घर बडे । साना साना खाेल्सी, राजकुला भरिएकाे याे फाँटमा बेच्नेले पनि खाेला र राजकुलाहरू बाटा हुनेछन् भनेर बेचे अनि किन्नेले पनि त्यही भनेर किने । यसरी जग्गा बेच्ने र किन्नेलाइ मिठराम अधिकारीले बेराेकटाेक इजाजतपत्र दिए । यही क्रममा सार्वजनिक जमिनकाे दुरूपयाेग पनि मनग्ये भयाे भने सानासाना चाैडाइकाे बाटाेकाे लागि पनि इजाजत दिइयाे
अब यी खाेला किनारा र राजकुलाका आडमा किनिएका जमिनसँग जग्गा जमिनकाे व्यपार गर्ने व्यवसायीहरूकाे आँखा लाग्याे । याे व्यवसाय सुरू हुनुसँगै कपनका खाेलाहरूमा ढलहाल्ने कुरा उठ्याे । मिठाराम अधिकारीले खाेलामा ढल हालेर व्यवस्थित बसाेबास हुने साेच सार्वजनिक गरे । गाविसकाे बैठकदेखि उनकेा पार्टीकेा मिटिङमासम्म याे विषयकेा चर्चा भयाे । यसकाे पक्ष र विपक्ष अभिमतहरु देखिए । त्यतिखेरका ७ जना जनप्रतिनिधिहरूले लिखितरूपमा गाविस अध्यक्ष मिठाराम अधिकारीलाइ खाेलामा ढल हाल्न नहुने र यसले विनाश निम्त्याउँछ भनेर निवेदन दिएका थिए ।
गाविस अध्यक्ष अधिकारीलगायत अधिकांश जनप्रतिनिधिले त्याे निवेदन तथा प्रशङ्ग विकास बिराेधी काम भएकाे भनेर व्यापक विराेध गरे र निस्तेज बनाए, निवेदन दर्तासम्म गरिएन । जमिनका व्यपारीहरूले खाेलामा ढल हाल्दा राम्राे हुने भनेर नयाँबस्तीलाइ आफूतिर ढल्काए । गाविस अध्यक्ष अधिकारीले विकासकाे ठूलाे कदमस्वरूप खाेलामा ढल हाल्न सुरू गरे । यसरी ढल हाल्न हुन्न् भनेर पुराना केही कपनवासीले पनि बिराेध गरेका थिए । याे बिराेधकाे क्रममा बिराेध गर्नेलाइ हातपातसमेत भएकाे थियाे । याे क्रमसँगै ०५४ सालका जनप्रतिनिधिकाे कार्यकाल सकियाे कर्मचारीले गाविस हाँके तर गाविसमा हैकम भने खाेलामा ढल हालेर विकास गर्नपर्छ भन्नेहरूकै थियाे ।
अब ढल हाल्न सुरू भयाे । ढल हाल्नका लागि न अध्ययन गरियाे न इन्जिनियर नै ल्याइयाे ।मिठाराम अधिकारीकाे कन्सेप्टमा ढल व्यवसायीले इन्जिनियरिङ गरे अनि ढल हाल्न सुरू भयाे । बाटाेका लागि खाेलामा हालिएकाे ढल यति कमजाेररूपमा हालियाे कि याे एकवर्ष टिकेन । हालेकै वर्ष ठाउँठाउँबाट फुट्याे । फलतः एकझर पानी पर्याे कि वस्ती डुब्न थाल्याे । कारण थियाे परेकाे पानी बाटाे हिड्ने थाल्याे भने खाेलामा हालिएकाे ढलमा घरका ट्वाइलेटका ढलमात्र बग्न थाल्याे ।
कपनमा याे समस्या हुन थालेकाे डेड दशक भैसक्याे । अहिले कपन भन्नेबित्तिकै डुबानकाे पर्याय बनेर मिथ बनिसकेकाे छ । गतवर्ष एक बालक यही ढल बनेकाे खाेलाकाे संरचनामा खसेर मृत्यू भयाे । थप कुरा, कपन भन्ने बित्तिकै यही खाेलाकाे समस्या र खाेलाकाे समस्याकाे नाममा हुने निकृष्ट राजनीतिकाे केन्द्रमात्र बन्याे । आफैले ढल हालेर कुरूप बनेकाे सडकलाइ केन्द्रकाे बजेटमा फरक तरिका बनाउने पहल भयाे । गगन थापा र राजन भट्टराइ कसले जस लिने वा पाउने द्वन्द्व पनि यहीँ छ । तर याे ढलयुक्त खाेला बन्नका लागि बजेट पारित भएपछि सराेकार समिति बनाउने कुरा भयाे । याे सराेकार समिति बन्ने भन्ने बित्तिकै मिठाराम अधिकारीकाे मनमा कुन्नी के फुट्याे । उनी ठूलै मेहनत गरेर याे सराेकार समितिकाे अध्यक्ष भए । याे पुगनपुग ५ वर्ष अघिकाे कुरा हाे । यसैताका एकदिन मिठाराम अधिकारीले एकसभामा कपनलाइ आफूले जापान बनाएकाे भनेका थिए ।
- केशव पाठक
Comments