- केशव पाठक/विचार
मिठाराम अधिकारीका नाम आउनेबित्तिकै “कपन मेैले जापान बनाएँ” भन्ने उक्ति सबैलाइ याद आउँछ । आजकाे स्वरूपमा कपनलाइ ल्याउने जनक पनि उनै हुन् । उनलाइ जापान लाग्ने कपन खासमा बस्न अयाेग्यझैँ लाग्ने उकुसमुकुसवाला र पानीले डुब्ने सिटि भन्दा फरक पर्दैन । कपनलाइ याे हालतमा पुर्याएर एकदिन मिठाराम अधिकारीले भरिसभामा भने, याे कपनलाइ जापान बनाउँनै मै हुँ । यतिसम्म ठीकै पनि थियाे, उनकाे ज्ञान वा अज्ञानमा आजकाे कपनलाइ जापान बुझ्न पाउँछन् । याे उनकाे निजी अभिमत हाे ।
भर्खरै नयाँ वस्ती विकास हुँदै गर्दा ०५४ सालअघि कपन अघि एक सुन्दर काँठ बस्ती थियाे । कपन पुग्दा देख्दा त्यहाँ फाँट थियाे, बारी थियाे, खाेरिया थियाे, खाेलाखाेल्सी थियाे, राजकुलाे थियाे, खेतिपाती थिए । ०५४ मा मिठाराम अधिकारी गाविस अध्यक्ष भए । कुनैताका काँग्रेसमय(०५४ अघिकाे कपन) कपनलाइ एमालेमय बनाउन भूमिका खेलेका मिठाराम अधिकारी अन्ततः गाविस अध्यक्ष भए ।
अधिकारी गाविस अध्यक्ष भएसँगै नयाँ बस्तीहरु बढ्दै गए । माओवादी जनयुद्ध बढ्दै जाँदा गाउँबाट सहर छिर्ने क्रममा सस्ताे जग्गा र बसाेबासका लागि कपन छिर्नेकाे लर्काे थियाे । मिठाराम अधिकारीले त्याे गाउँ छाड्नेहरुकाे भीडलाइ आश्रय दिए, पश्रय गरे । त्यही क्रममा अब्यबस्थित बस्ती बस्याे, जग्गाकेा भाउ बढाउने नाममा साना चाैडाइका बाटा खुले । तिनै बाटा पनि खाेलामा ढल हालेर बने । बस्ती कस्ताे बस्याे ? जग जाहेर छ, तर खाेला मासेर डाँडा भासेर जग्गाकाे भाउ बढ्याे ।
गाविस अध्यक्ष भएका मिठाराम अधिकारीका पालामा खाेला मासिए, डाँडा भासिए, सार्वजनिक जमिन हिनामिना भए फलतः कपन याे काँठ रहेन, फाँट रहेन, खेत बचेन, निलकाँडाकाे घारी रहेन । बस मरूभूमिझैँ बनेकाे बस्तीभित्र दूइ आना दुइपैसामा कित्ता काट भएर बनेकाे घरकाे अस्थिपञ्जर र त्याे अस्थिपञ्जरभित्र बस्ने मिठारामप्रेमी मात्र बाँकी रहे । अनि यही मुरूभुमिझैँ बनेकाे कपनकाे बीच भागमा बसेर मिठाराम अधिकारीले गर्बका साथ स्वद्घाेष गरे, कपनलाइ मैले जापान बनाएँ ।
यिनै मिठाराम अधिकारी, जसलाइ सम्भवतः विकास वा विनाश के हाे कुनै ज्ञान थिएन अनि छैन । उनलाइ नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदकाे टिकट दिएकाे छ । उद्धव खरेल साविक मेयर हुँदाहुँदै एमालेले यी कपनलाइ जापान बनाएका अधिकारीलाइ मेयरकाे टिकट दियाे जुन कसैले पनि साेचेका थिएनन् । एमालेभित्रकाे शक्ति संघर्ष वा बिबिध आर्थिक कनेक्सनका आधारमा मिठाराम अधिकारीलाइ विकासकाे मसिहा भनाएर मेयरकाे टिकटका लागि लबिङ गर्याे ।
कपनकाे मूल समस्या वर्षामा एक झर पानी पर्ने बित्तिकै डुबान हुने समस्याका मुख्य नायक मिठाराम अधिकारीलाइ दिइएकाे टिकटसँग कहिँकतै नेता इश्वर पाेखरेल कनेक्सन नहाेला भन्न सकिदैन । किनकी मेयरमा मिठाराम अधिकारी तथा उपमेयरमा अनिता लामालाइ उम्मेदवारी दिनु केही न केही कुराकाे विष्मयकारी सङ्केत त हाे । धेरैले एमालेले कपनबाट मेयर दियाे भनेर खुशी मनाएकाे पनि देखिन्छ तर यसमा लाखाैँ तलबकाे जागिर छाडेर एकाएक उपमेयरमा आफ्नाे नाम दर्ज गरेर आएकी अनिता लामाका बारे आंकलन गर्न भ्याएका छैनन् ।
नेता इ्श्वर पाेखरेल निकट मानिने अनिता लामाकाे बुढानिलकण्ठकाे शक्तिमा इन्ट्रिसँग एमालेभित्रकाे शक्तिसंघर्षकाे उच्चतम स्वरूप देख्न पाइन्छ । चारैतिर कमजाेर उम्मेदवार भनिएकाे मिठाराम अधिकारीलाइ मेयर पदकाे टिकट दिएर खेल्न खाेजिएकाे खेलमा प्रभावशाली एमाले जिल्ला अध्यक्ष दीपक निराैलाकाे कनेक्सनका बारे एमालेबृत्तमा केही चर्चा भए पनि याे चर्चा ढाकछाेप भैरहेकाे छ ।
कमजाेर मेयर उम्मेदवार र शक्तिशाली उपमेयर उम्मेदवारकाे विषयले बुढानिलकण्ठलाइ विनाशतिर धकेल्ने निश्चित देखिन्छ । कथं कदाचित् एमालेले चुनाव जित्याे भनेर मिठाराम र अनिताकाे जाेडीले के गर्ला वा के नगर्ला हामी अहिले नै अनुमान लागउन सक्छाैँ ।
खाेला मास्ने, डाँडा भास्नेमात्र नभै सहरी विकास भनेकाे केही थाहा नै नभएका मिठारामलाइ मेयर पदमा राख्ने एमालेकाे विस्मयकारी साेचसँग उद्धव खरेलकाे पालामा वडा नं १३ मा बालुवा प्रशाेधन केन्द्र खाेलेर लुट मच्चाइरहेकाे समूहकाे कनेक्सन पनि स्पष्ट अनुमान गर्न सकिन्छ । खाेला, पानी, प्रकृति तथा वातावरणकाे माया नभएकाे मानिसलाइ मेयर बनाउन पाए विनास हुन बाँकी बुढानिलकण्ठलाइ सहजताका साथ बिनाश गर्न पाइन्छ भन्ने काेणका मानिसहरूकाे चाहना पनि मिठाराम अधिकारी मेयरकाे उम्मेदवार हुने कारक तत्व हुनसक्छ ।
उद्धव खरेल मेयर हुँदा गर्न नपाएकाे वा गर्न नसकेकाे कतिपय विनाशका लिला, प्लटिङदेखि खाेलामा ढलहाल्ने सम्मकाे काममा भूमाफियाहरू मिठाराम अधिकारीसँग सहज हुन सक्नेछन् । कपनलाइ २० वर्षअघि नै विनाशकाे बाटाेमा पुर्याएकाे मिठाराम अधिकारीलाइ सहजै म्यानुपुलेट गरेर अप्राकृतिक प्लटिङदेखि बालुवा प्रशाेधनसम्मकाे काम गर्न पाइने देखेर अधिकारीलाइ मेयर बनाउने ठूलै रकम खर्च गरिएकाेसम्म हल्ला बजारमा छ ।
समग्रमा मिठाराम अधिकारीलाइ मेयर उम्मेदवार बनाउनुमा एमालेमा मेयर पदका लागि याेग्य अरू काेही नभएरचाहिँ हुँदै हाेइन । काम केही नगरे पनि जित्नसक्ने उम्मेदवारका रूपमा अग्रस्थानमा रहेका उद्धव खरेललाइ मेयरकाे उम्मेदवार नबनाएर एकाएक अधिकारीलाइ उम्मेदवार बनाउनुसँगकाे कनेक्सन सार्वजनिक हुन धेरै समय भने लाग्दैन । हेर्दै जानाेस् ।
Comments